Responsive Ad Slot

latest

बिपन्न १ सय ४० बिद्यँर्थीलाई शैक्षिक सामग्री

Monday, July 9

/ by Admin BHOLA THAPA
कपिल ज्ञवाली बुटवल असार २५नेपाल पिछडावर्ग महासंघ बुटवल नगर समिती रुपन्देहीले बुटवल क्षेत्रमा रहका बिपन्न बर्गका बिद्यार्र्थीलाई शैक्षिक सामग्री बितरण गरेको छ । महासंघका नगर अध्यक्ष्ँ रहमत अलि मियाको अध्यक्ष्ँतामा भएको कार्यक्रममा बुटवल क्षेत्रमा रहेका ६ वटा सामुदायिक बिद्यालयमा अध्ययनरत गरिब तथा बिपन्न बर्गका १ सय ४० बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको हो । बुटवलको कान्ति उमाबिमा आयोजित कार्यक्रममा शैक्षिक सामाग्री बितरण गर्देै नेकपा एमालेका क्षेत्र नं ४ का ईन्चार्ज भूमिश्वर ढकालले पिछडावर्ग महासंघको यो  कामको प्रशंसा गर्दै बिद्यार्थीलाई थप हौसला र लगनशिलता बनाउन कार्यक्रमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा बुटवल माबि,ज्ञानोदय माबि,कान्ती माबि, कालिका उमाबि, सरस्वति निमाबि, उजिरसिंह माबिमा कक्षा १० सम्म अध्ययन गर्ने बिद्यार्थीलाई  शैक्षिक सामग्री बितरण गरिएको थियो । सो अबसरमा कान्ति उमाबिका प्रधानाध्यापक गोबिन्द ज्ञवाली, उजिरसिंहका शिक्षक गौतमलाल शाक्य,हजिर मुनिर, मणि खनाल लगायतले बोल्नुभएको थियो ।




Don't Miss
© all rights reserved
made with by netKUTI