इन्द्र बजगाँई,
ताप्लेजुङ असार २१ गते । गएको असार १५
गतेदेखि ताप्लेजुङ सदरमुकाममा विजुली नहुदा स्थानियबासिन्दालाई समस्या
भएको छ । विद्युत प्रवाह हुदै आएको सोबुवा खोला लघुजलविद्युत आयोजनाको
विद्युत प्लान्ट बिग्रिएकाले एकहप्ताबाट समस्या भएको हो । थर्मलप्लान्टमा
एकै पटक समस्या आएको प्राधिकरणले जनाए पनि २ दिनपछि अस्थाइरुपमा
थर्मलप्लान्ट मर्मत गरेर सदरमुकाममा विद्युत आपूर्ति गराइदै आएको छ ।
त्यो पर्याप्त नभएपछि कामकाजमा अवरोध
उत्पन्न भएको हो । विद्युत प्लान्ट बन्न अझै एक हप्ता बढी समय लाग्ने
विद्युत उपभोक्ता संस्था ताप्लेजुङका स्टेशन मेनेजर विष्णु खतिवडाले
जानकारी दिनुभयो । सदरमुकाममा बिजुलीको अभावमा ताप्लेजुङमा विद्युतीय
कामकाजहरु अवरुद्ध भएका छन । यसैबीच विद्युतको अभावले समयमै प्रश्न पत्र
छपाउन नसकेको भन्दै ताप्लेजुङको एउटा विद्यालयले हिजोदेखि सुरु हुने पहिलो
त्रैमासिक परीक्षा स्थगित गरेको छ । ताप्लेजुङ सदरमुकामको कन्चन एकेडेमी
आवासीय माध्यामिक विद्यालयले हिजोबाट परीक्षा सुरु गर्ने जनाए पनि
विद्युतको अभावमा समयमै प्रश्न पत्र प्रकाशन गर्न नसकेपछि स्थगित गरेको
जनाएको छ ।