बन्दना झा , साउन १४ गते ।।। ,सर्लाही मलंगवा गएराति भएको श्रीलंका र भारतबीचको पहिलो एक दिवसिय क्रिकेट खेलमा भारतले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ । श्रीलंका निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८६ रन बनाएको थियो । श्रीलंकाकोतर्फ महेला जयबद्र्धनेले ६५, कुमार सगंकारा ७३ ,एँन्जेलो मैथयुज ७१ ,र जीबन मेडिंस ४५ ९६ रन बनाएका थिए । जवाफमा बल्लेबाजी गर्न आएका भारतले निर्धारित ४९ दशमलब ४ ओभरमे ५ विकेट गुमाउदै २ सय ८८रन मात्र बनाउन सफल भएका थिए । खेलका म्यान अफ द मैच गौतम गम्भीरलाई प्रदान गरिएको थियो ।