काठमान्डौ साउन ११ गते । निजी
विद्यालयहरुलाई व्यवस्थित गर्न मागगर्दै बिभिन्न ८ विद्यार्थी सङ्गठनहरुले
आजदेखि आन्दोलन गर्ने भएका छन् । विदेशी नाममा खुलेका निजी विद्यालयलाई
कारबाही गर्नुपर्ने, निजी विद्यालय र उच्च माध्यामिक शिक्षा परिषद्बीच भएको
सहमति कार्यान्वयन हुनुपर्ने, महङ्गो शुल्क नियन्त्रण गर्नु पर्ने लगायतका
माग सहित ८ विद्यार्थी सङ्गठनले आन्दोलन गर्न लागेका हुन् ।
आन्दोलन अन्तर्गत मध्यान्ह् १२ पछि
उच्च माध्यामिक शिक्षा परिषद्को कार्यालयमा धर्ना दिन लागेको नेवि सङ्घका
केन्द्रीय सदस्य मञ्जित ताम्राकारले जानकारी दिनुभयो । विद्यार्थी
सङ्गठनहरुले दिउँसो २ बजेपछि सीटीईभीटीको कर्यालयमा पनि धर्ना दिने भएका
छन् ।