कथा
"अमर प्रेमको सपना"
-तीर्थ संगम राई
आम्दा अस्पताल जाने क्रममा म दमक चौकबाट उत्तर तर्फ आफ्नो गह्रांै
पयरहरुलाई अघि बढाए । टेम्पोको पीरो धुवाँले आँखामा केहि दुस्प्रयास पारेको
हुदाँ म गोजिबाट रुमाल झिकेर आँखा पुछ्दै अघि लम्कन मात्र के लागेको थिएँ
त्यसै बेला एउटा मान्छे चिच्याएको चर्को आवाज मेरो कानमा पर्यो । त्यो आवाज
आएको दिशा तिर हेरें केहि मान्छेको घेरा भित्र उभिएर जोडले कराउँदै
उपस्थित जनसमुदायलाई केहि सुनाउदै थियो त्यो मान्छे । अनायसै मेरा पाईलाहरु
त्यस भिड तर्फ बढ्न गयो । हातमा पत्रिका च्यापेको कपाल र अनुहार
अस्त-व्यस्त भएको कति दिन देखि दाह्री नकाटेर झुस्स परेको कपडा पनि नमिलाई
लगाएको अन्दाजी ३०-३५ बर्षको जस्तो देखिने त्यो मान्छे उस्ले बोकेको
पत्रिका तिर ईिकंत गर्दै त्यहाँ उभिएका सम्पुर्ण मानिसहरुलाई सम्बोधन गरी
भन्दै थियो "हेर्नुहोस दाजु भाईहरु यी पत्रिकाहरुमा छापिएका सबै फोटोहरु
फटाहाहरुका मात्र हुन यी पत्रिका प्रकाशन गर्ने पनि फटाहाहरु कै मतियार
हुन् । र यस्ता पत्रिका खोजी खोजी किनेर पढ्ने पाठकहरु पनि फटाहाहरुका
सहयोगी हुन् । यहाँ सद्ये मान्छेहरु थोरै मात्र छन् । इमान्दार मान्छेहरुको
अनिकाल परेको छ । यहाँ आचरणले नेता भनिन् लायक कोहि छैन बरु यहाँ त नेता
भन्दा अभिनेताहरु बढिछन् । यहाँ स्वाभाबिक चरित्र भन्दा बहुरङ्गी बढि
भेटिन्छन् । यहाँ प्रत्येक व्यक्तिको देखिने रुप भन्दा असली रुप भिन्नै छ ।
बोलिने बोलीमा भन्दा गरीने व्यवहारमा अन्तर छ । साँचो बोल्नेलाई पागल
भनिन्छ । झुटको खेति गर्नेको बोलवाला छ यहाँ जो जिता यही सिकन्दर भने जस्तै
जित्नेहरु कै प्रशंसा मात्र हुन्छ । धिक्कार छ तपाईहरुलाई पनि जो आँखा भएर
पनि अन्धा हुनुहुन्छ गति भएर पनि गतिहीन हुनुहुन्छ दिउँसै निदाउने असफल
अभिनय गर्नु हुन्छ र आफ्नै बारीमा आएर साँढेले तपाईहरुको सम्पुर्ण फसल खाई
दिदा पनि चाल पाउनु हुन्न या चाल पाएर पनि केहि बोल्नु हुन्न खै तपाईहरु
कहिले व्युझनु हुन्छ कहिले आफुलाई सुरक्षित राख्नु हुन्छ" यति भनेर त्यो
मान्छेले ठुला ठुला आँखा लगाएर सबैलाई एक पटक सर्रसती नियाल्यो र फेरी
अट्टाहाँस पुर्ण हाँसो हाँस्यो केहि क्षण लगातार हाँसे पश्चात आफुले
च्यापेको पत्रिका भुईंमा फ्यात्त बजार्दै भन्न थाल्यो "ल चिन्नुहोस देशका
धमिराहरुलाई जस्ले देशलाई भित्र भित्रै खोक्रो पारी सकेको छ । बिज्ञानले
बडो उन्नति गरेकोछ भनेर तपाईहरु पढ्नु होला गर्व गर्नुहोला तर खै ! यस्ता
धमिरा मार्ने औषधी बनाउन सक्यो तपाईको बिज्ञानले तपाईले पाएको शिक्षाले खै !
तपाईलाई जगाउन सक्यो खै तपाईहरुको अन्तर मनको आँखा खोल्न सक्यो यहाँ
वास्तब मै निदाउनेहरु भन्दा निदाउने अभिनय गर्नेहरुको जमात बढि छन् । यहाँ
पेटका भोका भन्दा मानसिक भोकाहरु बढि छन् । र सायद तपाईहरु पनि मानसिक भोको
हुनुहुन्छ । आफ्नो भोक र प्यास मेटाउन अर्काको पानीको धारो भत्काउने
प्रयत्न गर्दै हुनुहुन्छ वा भत्काउने प्रयास गर्दै हुनुहुन्छ । जानुहोस्
आफ्नै शरीरमा बसेर आफैलाई नष्ट गर्ने किटाणुलाई नदेख्ने आँखाले विश्व
बिजयको सपना बोकेर भट्टीमा पस्नुहोस् र नेपोलियन वा हिटलर बन्नुहोस् ।
गरीबको रगत चुसेर बनाएको आलिसान महलमा बसेर कार्लमाक्स्र र लेलिन्
बन्नुहोस् निहित स्वार्थका लागि देशलाई दाउँमा लगाएर बी। पी। कोईराला र मदन
भण्डारीले नदेखेको सपना देख्नुहोस् । जानुहोस् जे बन्दा तपाईलाई लाभ हुन्छ
त्यहि बन्नुहोस् आखिरमा प्रजातन्त्र र मानव अधिकार तपाईहरु कै परिभाषाका
बन्दि त भएका छन् नी होईन र...॥ त्यो बहुला जस्तो देखिने मान्छे के कॆ
भन्दै जान्थ्यो ती सबै कुरा बुझ्ने मेरो खोपडी नै थिएन तै पनि त्यो
मान्छेको प्रस्तुति र शैली मलाई बडो रमाईलो लागि रहेको थियो म आफ्नो लक्ष्य
र गन्तव्य बिर्षेर त्यो मान्छेको कुरा सुनि रहेको थिएँ मलाई लागि रहको
थियो त्यो मान्छे साधारण मानिस चाहि पक्कै हैन । म चाहान्थे त्यो मान्छे
नरोकिकन बोलीरहोस् किनकी उस्को प्रत्येक बोलिमा एक अनौठो आकर्षण छ नभन्दै
केहि क्षणको बिश्राम पछि एक युवालाई लक्षित् गरी बोल्न थाल्यो "हे युवा !
तपाई हात भरी यतिका किताव बोकेर कहाँ जान लाग्नु भएको हो अर्काको बिचार
गर्दा गर्दै तपाईले आफ्नो बिचार नै त भुल्नु भएको छैन अथवा आफुले बिचार
गर्न नै त बिस्रनु भएको छैन पहिले तपाई आफुले आफैलाई पढ्नुहोस् आफ्नो
परीवार समाज र आफ्नो देशलाई राम्ररी जान्नुहोस् त्यहाँ तपाईले अन्नत
ज्ञानराशी पाउनुहुनेछ । तपाई आफुले आफैलाई नपढि दुनियालाई पढ्नु सक्नु
हुन्न । त्यसैले यी बिज्ञान र गणितका निरस सुत्रहरुमा जीवन छैनन् (a+b)2
जीवनको कुन मोडमा काम लाग्छ एक पटक सोच्नुस् त्यसैले पहिले जीवनलाई पढ्नुस्
जीवनलाई बुझ्नुस् तपाई आफै माहात्मा बन्नु हुनेछ ल जानुहोस् शुभकामना छ
मेरो तपाईलाई ।" त्यस मान्छेको कुरा सुनेर लक्षित युवक लाजले नीलो कालो भएर
भिडबाट पछि सर्दै आफ्नो बाटो ततायो । अब त्यो मान्छेले कस्लाई के भन्ने हो
भनेर म सोच्दै थिएँ ठिक त्यहि समय मानसिक अस्पतालबाट आएका ५-७ जना
मान्छेहरु आई त्यो मान्छेलाई समाएर लैजाने प्रयत्न गर्न थालें । बल्ल मैले
बुझे जस्लाई मैले महानपुरुष ठानेको थिएँ त्यो मान्छे त मानसिक असन्तुलन
भएको अर्थात "पागल" घोषित मान्छे पो रहेछ । पागलखानाबाट भागेर आई भाषण
छाट्दै रहेछ जब अस्पतालबाट आएका मान्छेहरुले समाएर गाडिमा हाल्ने प्रयास
गर्दा पनि कत्ति बिचलित नभई त्यहाँ भेला भएका मान्छेहरुलाई भन्दै थियो,
"तिमीहरु मलाई कहाँ लादैछौ म पागल हैन पागल त तिमीहरु हौ तिमीहरु सद्येलाई
पागल र पागललाई भलाद्मी बनाउछौ । जसलाई पागलखानामा लैजानु पर्ने हो तिनीहरु
ठुला-ठुला पदमा बसेका छन् उनीहरुको पागल व्यवहार देखेर पनि कोहि पागल
भन्ने हिम्मत गर्दैनन् । किनकी उनीहरुसँग शक्ता र शक्ति छ । छाडिदेओ मलाई म
यहि बसेर आफ्नो मनको तीतो पोखिरहन्छु हुन सक्छ कुनै दिन यहि बाटो भएर कुनै
बुद्ध शान्तिको शन्देस लिएर यहाँ आउन सक्छन् फाटेको टोपी लगाएर कुनै
माक्स्र यहि बाटो ठेला चलाउदै आउन सक्छन् या कुनै कृष्ण अर्जुनको सारथि
बनेर गीताको ज्ञान छर्दै यहाँ आउन सक्छन् मलाई छाडिदेओ म उनिहरुलाई यहि
पर्खन्छु यहि प्रतिक्षा गर्छु ।" त्यो मान्छेको कुरा पुरा हुन नपाउदै
उस्लाई अस्पतालबाट आएका मानिसहरुले गाडिमा कोचेर लगें । हामी रानी हराएको
माहुरी झैं तितर-बितर भयौ केहि क्षणमा त्यो भिड त्यहि बिलायो म पनि आफ्नो
गन्तव्य तिर लागें ।म आम्दा अस्पताल परिसर भित्र छिरें गीता मेरी अन्तरङ्ग महिला साथी हुन् अथवा आधुनिक भाषामा भन्नु पर्दा गर्लप्रुण्ड हुन् । अझ बुझ्ने भाषामा भन्दा प्रेमीका हुन् । स्कुल पढ्दा देखि नै हाम्रो दौत्य सम्बन्ध कायम भएको थियो । तर दुर्रभाग्य हाम्रो विवाह हुन सकेन गीताको विबाह उनको ईच्छा बिपरीत भएको थियो । तर विबाह पछिका दिनहरुमा पनि हाम्रो सम्बन्धमा कुनै गिरावट आएको थिएन बरु झन प्रगाढ हुदै जान थाल्यो । उनको श्रीमानले हामी बिचको सम्बन्धलाई लिएर विवाद नउठाएका भने अवश्य होईनन् तर हामी दुईको अगाडि सबै अवरोध र सामाजिक मर्यादाहरु निस्तेज हुन्थे । केहि समय पछि गीतालाई लिएर उनको श्रीमान दमक बस्न थालेका थिए । संयोग भनौ वा भाग्यको खेल म पनि कलेज पढ्ने सिलसिलामा बिराटनगर हुदै दमक आई पुगें गीता र मेरो सम्बन्ध पुनः नविकरण भयो । यो कुरा गीताको पतिलाई पनि थाहा हुन गयो तर अफसोच ऊ चाहेर पनि केहि गर्न सक्दैनथ्यो ऊ एउटा हारेको जुवाडे झैं पराजित थियो किनकी मसँग सोझै दुस्मनी गर्न पनि सक्दैनथे र गीतालाई मसँग आउनबाट रोक्न पनि सक्दैनथे । कति लाचार र विवश थियो बिचरा... मलाई घरी घरी उ प्रति दया लाग्थ्यो तर के गर्नु म पनि प्रेम प्राप्तिको लागि आतुर थिएँ प्रेमको दासी थिएँ । गीता उसको सुनको पिजडा छोडि उडेर जाली भन्ने संत्रासले उसका श्रीमान गीताको भावना बिपरीत कुनै कदम उठाउँन सक्दैनथें फलतः यसैको फाईदा हामीले उठाएका थियौ । बिगतका केहि दिन यता उसको श्रीमानले अलिक बढि नै पिउन थालेका थिए रे...॥ एक दिन एउटा पार्टिमा गीताको श्रीमानले तनावै-तनावमा अलिक ज्यादा पिएछन् । त्यो दिन गीता पनि उनीसँगै रहिछिन् पार्टिबाट घर फर्कने क्रममा उनीहरु चढेको मोटर साईकल दुर्रघटना हुन पुगेछ...। उनको श्रीमानको घटना स्थलमा नै मृत्यु भएछ पछाडि बसेकी गीताको टाउकोमा ठुलो चॊट लागेको कारण उस्लाई उपचारार्थ आम्दा अस्पतालमा भर्ना गरीएको थियो । म उसैको हेर बिचारको निम्ति अस्पताल जादै थिए । दिमागमा गहिरो असर परेको कारण केहि असामान्य परीवर्तन हुने डाक्टरहरुले संकेत दिएछन् । म क्याम्पस बिदा हुने साथ उसलाई भेट्न जान्छु तर आज अलिक बिलम्ब भयो म गीताको क्याबिनमा पुग्दा गीता बेडमा थिईन । उनी क्याबिनको झ्यालबाट बाहिर दृश्य अवलोकन गर्दै थिईन् मैले उसको क्याबिनमा बिस्तारै पाईला मात्र के बढाएको थिएँ उनीले पछाडि नफर्कि नै प्रश्न गरी, "आज किन अबेर गर्नु भयो म कति लामो समय देखि तपाईको प्रतिक्षा गरी रहेकी छु ।" उनको मधुर बोलिमा पर्खाईको बेदना थियो आशक्त प्रेमको पीडा थियो । हुन पनि कसैलाई प्रतिक्षा गर्नु भनेको पट्यार लाग्नु मात्र हैन धेरै पीडादायक कुरा पनि हो । मैले सहजै आफ्नो भुल स्वीकार गरें, "हेर न बाबा आज यस्तै भयो माफ गर हैं ।"त्यसपछि मैले बाटोमा भएको त्यो कथित पागलको सबै घटना सुनाएँ । गीता मेरो सोफा छेउ बस्दै गम्भिर मुद्रामा भन्न लागि , "संगम वास्तवमा त्यो मान्छे पागल थिएन मेरो बिचारमा त्यो मान्छे जिसस् क्राइस्ट वा बुद्धको कुनै प्रतिनिधि हुनुपर्छ, उसले जे बोल्यो त्यो सत्य थियो । त्यसैले उसलाई पागल घोषित गरीयो । अहिले स्वंयम गौतम बुद्ध नै शान्तिको शन्देस बोकेर आए पनि यहाँका मनिसहरुले पागल घोषित गरेर पागलखाना या त मुर्खहरुले ढुङ्गा हानेर खेदाउनेछन् । जिउँदो हुदा यहाँ कस्को वास्बविक मुल्याङ्कन हुन सकेको छ र... साँचो सत्य बोल्ने इमान्दार मानिसलाई यो समाजले पागल नै भन्ने गर्छन् ।" गीताको त्यस मान्छे प्रतिको टिप्पणीलाई मैले न त पुर्ण समर्थन नै गर्न सके न त खण्डन नै गर्न सके मैले केवल प्रशंग बदल्न चाहें, "बाबा तिमीलाई आज कस्तो छ सधै भन्दा आज तिमी प्रसन्न मुद्रामा छौ शारीरीक पीडा केहि कम भए जस्तो छ नी " मेरो प्रश्न सुनेर गीता मुसुक्क मुस्कुराईन् । बिस्तारै उठेर क्याबिनको ढोका ढप्काईन् अनि पुर्ववत् ठाउँमा आएर बस्दै भन्न थालिन्, मेरो देव अब म प्रशन्न हुनु र नहुनुमा अथवा ममा पीडा हुनु वा पीडामुक्त हुनुमा खासै अन्तर छैन । चोरेर पाएको खुसी र लुटेर ल्याएको हाँसोमा स्थायित्व हुदैन । तर पनि जब सम्म म तपाईको निकटता पाईरहन्छु तपाईको चोखो माँया पाईरहन्छु तब सम्म मलाई केहि गुमाए पनि केहि पाए जस्तो असीम बेदना भित्र पनि केहि सन्तोष मिले जस्तो भईरहन्छ । लामो सुस्केरा तान्दै फेरी उनी भन्दै थिई बाँचुन्जेल हामीले प्रेमको पवित्र संसारमा स्वतन्त्र बिचारण गर्न त सकेनो मात्र आशंका त्रास र भयको घेरा भित्र रहन बाध्य भयौ । सायद मान्छे चेतनशील प्राणी भएकै कारण यति लाचार र बिवश भएको होला । मान्छेहरु भन्ने गर्छन् प्रेम निःस्वार्थ हुन्छ निश्च्छल र पबित्र हुन्छ प्रेममय जीवन सुखमय र आनन्दमय हुन्छ तर मलाई लाग्छ प्रेममा पनि छलकपट हुन्छ पीडादायक हुन्छ भनिन्छ प्रेममा सबै कुरा जायज हुन्छ त्यसैले म त भन्छु प्रेममा पनि स्वार्थको मिसावट हुन्छ । स्वार्थरहित प्रेम-प्रेम नै हुनै सक्दैन् । म मेरो आत्मा शान्तिको लागि म मेरो मनको खुसीको निम्ति तपाईको निकटता रुचाउछु र सधैं यस्तै समिपताको अपेक्षा राख्छु र यहि कामना पनि गर्छु के यो मेरो स्वार्थ हैन र...। मेरो श्रीमानले मेरो िसंगो शरीर माथि शासन गर्दा-गर्दै पनि पुर्ण सन्तुष्टको लागि आत्मा सन्तुष्टको लागि यो मनले तपाईलाई पाउने कोशिस गरी रह्यो के त्यो मेरो स्वार्थीपन थिएन ? आफ्नो मन थिएन ? आफ्नो मनको खुसी र आनन्दको लागि चाहाना गरीने प्रत्येक बस्तु वा मानवीय प्रयासमा स्वार्थ लुकेको हुन्छ । चोहे त्यो योगिको होस वा भोगिको । त्यसैले म भन्छु स्वार्थ नै मानिसको प्रेरक तत्व हो । स्वार्थ नै मनको आनन्द हो मेरो बिचारमा मनको आनन्द भन्दा नजिक कोहि र केहि हुदैन । भाबुकताबस गीताको यो दार्शनिक चिन्तन सुनेर म तिन छक्क परें उसको कुरा पनि मलाई मन पुे मन पर्नु मात्र हैन सत्य पनि लाग्यो मलाई पनि लाग्यो स्वार्थ भन्दा पर केहि छैन किन भने आज मैले गर्ने थुप्रै काम थिए तर ती सबै काम छोडेर म गीतालाई भेट्न आए किनकी यसमा मेरो मनको आत्मा सन्तुष्टि थियो ह्दयको चाहाना थियो के यो मेरो स्वार्थ हैन र...? एउटा योगिले पनि मोक्ष प्राप्तिको लागि भगवानको आराधना गर्छ आखिर प्राप्तिको आशा गर्नु पनि स्वार्थ नै हो । गीताले भनेका सबै कुराहरु सत्य लाग्यो । मैले उसका कुराहरु स्वीकार गर्दै भने, "हो गीता आज मलाई किन किन तिम्रा हरेक कुराहरु सत्य लाग्दैछ अघि बाटोमा सुनेका कथित् पागलका कुराहरु सत्य नै लाग्यो र नै उभिएर सुनि रहें । अहिले तिमीले भनेका कुरा पनि सत्य नै छन् । तर मलाई के कुरामा अचम्म लागेको छ भने किन तिमीले आज भन्दा अगाडि यस्ता राम्रा र ज्ञानगुनका कुराहरु कहिल्यै गरीनौ आज मात्र कताबाट यस्ता दार्शनिक कुराहरु तिम्रो मनमा आए तिमीले दर्शनशास्त्र पनि पढेकी थिईनौ" मैले मेरो जिज्ञासा गीता सामु राखे । गीता झन भाव विव्हल बनिन् । एक क्षण मौन रहिन फेरी आँखाको डिल सम्म आएको आँशुको थोपाहरुलाई लुकाउने असफल प्रयासमा सििल तिर आँखा लगाउदै उदास अनि कम्पित् स्वरमा भन्न लागि, "मेरो देव आज म तपाईसग धेरै बोल्न चाहान्छु । मलाई धेरै बोल्न मन लागेको छ । र मलाई बोल्नबाट बन्चित पनि नगर्नुहोस् । यो मेरो तपाईसँग अन्तिम भेट साथै संवाद पनि हो ।" गीताको यो शब्दले झस्किए एक पटक त स्तब्ध भए गिताको चिउडोमा समाएर उसको मुहार म तिर फर्काए उस्का दुबै नयनबाट बलिद्र आँशु बगि रहेका थिए यो देखेर मेरो पनि अनायासै आँखा रसाए गीतालाई आफ्नो बाहुमा कस्दै म कम्पित स्वरमा भन्न लागे ूबाबा तिमी यो के भन्दै छौ कसरी यो हाम्रो अन्तिम भेट हो अब त हामी स्वतन्त्र भएका छौ हामीलाई कसैले पनि रोक्न सक्दैन । कसैले पनि हामीलाई प्रतिबन्ध लगाउन सक्दैन तिमी यहाँबाट निको भएर हिडन मात्र...।" मेरो कुरा पुरा हुन नपाउदै गीताले मेरो मुखमा उसका कोमल हत्केलाले बन्द गरी हिक्क् हिक्क् रुदै भन्न थाली, "मेरो राजा मेरो जीवनमा तपाईको प्रवेश अथवा तपाईको जीवनमा मेरो पुनारागमन नै मेरा लागि दुःखत् साबित भयो । किनकी न मैले तपाईलाई पाउन सकें न मेरो श्रीमानलाई हार्दिक ढंगले स्वीकार नै सकें बिवाह पछि पनि हाम्रो भेट बरोकटोक भई रयो सायद, यो पुर्णतया गतल थियो होला जस्ले गर्दा मैले मेरो श्रीमानलाई चाहेर पनि एकलौटि माँया दिन सकिन । मन भित्र एउटालाई राखेर बाहिरी रुपमा अर्कोसँगको वैबाहिक सम्बन्ध जोड्दाको पीडाले निरन्तर जलाई रयो । म मात्र हैन मेरा श्रीमानलाई पनि त्यतिकै पीडित थिए ।अनन्तः त्यहि शंका र पीडाको आगोले जलेर खरानी भए मलाई अहिले पनि लाग्छ मृत्यु नै बरण गर्ने गरी मेरा श्रीमानले त्यस्तो केहि अपराध गरेका थिएनन् । सामासजक आडम्बर बचाउन र आफ्ना आमा बुबाको कुरालाई पालना गर्न मेरो ईच्छा बिरुद्ध मसँग बिवाह गरेका थिए । त्यो नै उनको ठुलो भुल थियो । यस कुरामा म पनि विबाह पुर्व अनबिज्ञ थिएँ विबाह भई सके पिछ थाहा पाएर के नै लाभ थियो र सामाजिक रुपमा म वहाँको धर्मपत्नि भईसकेकी थिएँ । अनि मैले ठाने मैले तपाईलाई एउटा बाल्यकालको साथी अथवा एउटा सच्चा प्रेमीलाई गुमाईसकें । त्यस पछि म तपाईको नजरबाट धेरै टाढा दमक आईसकेको थिएं श्रीमानको सबै स्थिति बुझिसके पछि मलाई पनि कता कता उनी प्रति सहानुभुती जागेर आयो बिस्तारै बिस्तारै म मेरा श्रीमानलाई माँया हैन दया गर्न लागेकी थिए तर अचानक तपाईसँग को भेट पुर्नमिलनले म भित्र दमन भएका तपाई प्रतिको मेरो प्रेम फेरी ब्यँुझियो । त्यस समय मैले मेरा पाईलाहरुलाई तपाईबाट अन्तै मोड्नु पथ्र्यो बिगतलाई भन्दा पनि बर्तमानलाई महत्व दिनु पथ्र्यो तर त्यसो हुन सकेन फलतः फेरी हामी प्रेमको सागरमा सयर गर्न थाल्यौ । फेरी मेरा मन मस्तिष्कले तिम्रो आकृति तिम्रो समिप्यता अनि मात्र तिम्रो माँयाको आलिङ्कन खोजि रयो । मैले मेरो श्रीमानमा तपाईकै छवि खोज्न थालें त्यसैले मैले नत श्रीमानलाई एउटी धर्मपत्निको हैसियतले हार्दिक प्रेम गर्न सके नत सामाजिक बन्धनलाई चुनौति दिएर तपाईको प्रेमलाई सहजताका ािथ निभाउन सकें । प्रेमलाई अबैध र सामाजिक अपराध मान्ने हाम्रो संस्कारको शिकार भए मेरा श्रीमान यो कुरालाई लोकाचारको डरले मैले मेरै ह्दयमा दबाएर राखें । तपाईलाई मनको बह चाहेर पनि भन्न सकिन । तर आजको परीस्थिति एकदम भिन्न छ र मलाई बोल्न अलिकति पनि संकोच छैन । म यहि कुरालाई प्रस्ट पार्न र तपाईको अन्तिम दर्शन गर्न मात्र आज बसेकी हुँ नत्र हिजो नै यहाँबाट प्रस्थान गरी सक्थें ।" मैले छोटो प्रश्न गरें, "तिमी मलाई नभनी कहाँ जान्थ्यौ मेरो प्रश्नको प्रतिउत्तरमा उनीले मेरो अधरमा चुम्बन गर्दै पुन भन्न थाली, "मेरो देव हिजोबाट तपाई र मेरो बाटो अलग भएको छ म केवल तपाईको प्रेमको डोरीले बाँधिएर मात्र आज सम्म रहेकी हुँ । हिड्नु अघि म एकपल्ट तपाईको दर्शन गर्न चाहान्थे र भन्न चाहान्थे "र मेरो देब आज सम्म हामी हामी बिच जस्तो सम्बन्ध थियो, र स्थापित भए पनि आज कै मितिबाट सबै कुराको अन्त भइकोछ यसलाई क्षणिक सपना ठानेर भुलिदिनुमा नै हामी दुबैको कल्याण हुनेछ । आज देखि म तपाईलाई सदा सदाको लागि एक्लै छोडेर अर्कै नौलो संसारमा जादैछु जुन संसार अत्यन्तै सुन्दर सुरभ्य छ । मलाई नरोक्नुहोस् यदि हाम्रो प्रेम पवित्र रहेछ भने अर्को जन्ममा अवश्य भेट हुनेछ ।" हैन गीता तिमी यो के भन्दै छौ तिमी मलाई एक्लै छोडेर कहाँ जाने कुरा गर्दैछौ तिम्रा लागि मैले कति त्याग र तपष्या गरेको छु आज जीवनको यो मोडमा मलाई एक्लै छोडेर कहाँ जाने कुरा गर्दैछौ मैले हतास भएर मेरा सम्पुर्ण कुराहरु एकै साथ उनी सामु राखें । मन्द मुस्कान छर्दै, "मलाई तपाईले यसो भन्नुहोला भनेर पहिला नै थाहा थियो तर तपाईले कति छिट्टै बिर्षिनु भएछ म पनि त दुर्रघटना परी अशक्त घाईते भएकी थिए भन्ने कुरा...। हिजो सम्म त्यस्तो अशक्त भएको मान्छे कसरी आज यति छिटो बेडबाट उठेर सहज ढङ्गले बोल्दैछे भन्ने कुरा पनि भुल्नु भयो । बरु सुन्नुहोस् डाक्टरहरुको लाखौ प्रयास पछि पनि मेरो दिमागमा लागेको गहिरो चोटको कारण उनीहरु मलाई बचाउन असफल र असमर्थ रहें डाक्टरहरु पनि बिचरा नै हुन् उनीहरुले यत्तिका दिन मलाई बचाउन गरेको प्रयास त्यसै खेर गयो...। अनन्त : हिजो बेलुका नै मेरो निधन भयो अर्थात म हिजो बेलुका नै मरी सकेकी हुँ...॥ म मरे पनि मेरो प्रेमलाई जिताउन चाहान्थे हाम्रो हार्दिक प्रेमलाई जिताउन चाहान्थे त्यसैले मात्र म तपार्यलाई पर्खेर बसेकी हुँ । म यहाँबाट प्रश्थान गर्नु अघि यो संसारलाई देखाउन चाहान्थे यो पापी दुनियाँलाई देखाउन चाहान्थे साँचो प्रेम अजर-अमर हुन्छ दुई शरीरलाई भौतिक रुपले अलग्याउदैमा प्रेमको बिसर्जन हुदैन भन्ने शन्देस दिन चाहान्थे । यो समाजले प्रेमलाई मृग-तृष्णा मात्र सम्झ्यो एउटा भ्रम मात्र ठान्यो प्रेमलाई अपवित्र गठबन्धन मात्र मान्यो प्रेमलाई पुजाको रुपमा हेरीएन बरु उपभोग्य बस्तु मानियो । त्यसैले प्रेमलाई दुषित मात्र पारीयो खैर जे होस तपाई र तपाईको समाजलाई यहि छाडेर आज मैले आफ्नो गन्तव्य तिर लाग्नुपर्छ त्यसैले अघि नै मैले तपाईलाई आजको हाम्रो यस भेट र संवादलाई अन्तिम भनेकी हुँ अब म भौतिक रुपले तपाईलाई साथ दिन सक्तिन तर तपाईको भलाई र समृद्धिको कामना गरीरहनेछु मेरो देव फेरी अर्को जन्म पाए भने तपाईको गरी दिने बाचा सहित बिदा पाऊ...........................
रचनाकाल-मंसिर २०६०