Responsive Ad Slot

latest

अछाम सदरमुकाम मंगलसैनको डेढ किलोमिटर सडक हिलाम्मे, ५२ लाख रकम फिर्ता ।।

Saturday, July 14

/ by Unknown
  अछाम  असार ३० गते । टेकराज भण्डारी,  ,अछाम सदरमुकाम मंगलसैन क्षेत्रको डेढ किलोमिटर सडक बर्षासँगै हिलाम्मे भएको छ । बर्षायाममा सडकको नाली खोल्ने काम भएपछि सडक हिलाम्मे बनेको हो । सहरी विकास तथा भवन निर्माण विभागको ७० लाखको लागतमा निर्माण कार्य थालिएको सडक वर्षा लागेपछि मात्र नालि खोल्ने काम थालिएपछि सवारी साधनलाई पनि आवत जावत गर्न कठिनाई हुने गरी हिलाम्मे बनेको हो । मंगलसैनका एक स्थानिय सरिता उपाध्यायले सडक रोपाई गर्ने खेत जस्तै बनेको बताउनुभयो । गत वर्ष ६० लाखको लागतमा उपभोक्ता समितिमार्फत ६ मिटर चौडा बनाई ग्राभिल गरिएको सडकको यस बर्ष ७० लाखमा नाली खोल्ने कामका लागि राष्ट्रिय योजना आयोगबाट रकम विनियोजित भएको थियो । १४ लाख कम रकममा ठेक्का पाएको बज्रगरु कंट्रक्सनले असार मसान्त सकिनै लाग्दा र बर्षायाम सुरु भएपछि सडक बनाउने काम थालेको थियो । बर्षाको पानी सडकमा जमि हिल्लामे भएको सडकमा मालबाहक ट्रक नचल्दा सामान बिचबाटो बाटै ल्याउनु पर्ने बाध्यता रहेको मंगलसैनका व्यापारी देवराज उपाध्यायले बताउनुभयो । उपभाक्ता समितिमार्फत भएको काममा कमिसन खान नपाएपछि ठेकेदारमार्फत काम गराईएको र योजनामा ब्यापक अनियमितता भएको मंगलसैन पूर्वाधार विकास समीतिका अध्यक्ष पदम बोहराले बताउनुभयो ।


Don't Miss
© all rights reserved
made with by netKUTI