नवलपरासि असार ३१ ।
बोलबम मेलाका लागी भारत बाट तीर्थयात्रु बोकेर नवलपरासीको त्रिवेणी आउंदै गरेको बस , गण्डक नहरमा खस्दा मृत्यु भएका ३९ जनाको शव निकालिएको स्थानियले बताएका छन् । दुर्घटनामा ३६ जना भारतीय र तीन जना नेपाली नागरिकको मृत्यु भएको हो ।
लु १ ख २३५६ नंबरको बस , दिउसो १ बजे कुडिया गाविसको गुडरीया भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो । मृत्यु हुनेमा अधिकांश भारतीय नागरिक रहेका बताईएको छ । दुर्घटनामा घाईते भएका १२ जनाको परासीमा उपचार भैरहेको छ । नहरमा बेपत्ता भएकाहरुको प्रहरीले खोजी गरिरहेको छ । खचाखच भरिएको सो बसमा रहेका सबै यात्रु बोलबम मेलाका लागी आईरहेका मानिस थिए । प्रहरीले नहरमा पानी सुकाएर अन्य यात्रुको उद्दारको काम भैरहेको बताएपनि स्थानियले भने उद्दारको काम प्रभावकारी नभएको बताएका छन् । दुर्घटनामा बसका सहचालकको पनि मृत्यु भएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले मदिरा सेवन गरी बस चलाएकाले दुर्घटना भएको बताईएको छ । प्रारम्भीक जानकारी अनुसार बसमा १ सय २६ यात्रु चढेका थिए ।