Responsive Ad Slot

latest

भ्रष्टाचारका सबै किर्तिमान तोड्यो भट्टराई सरकारलेः बादल

Monday, July 30

/ by Unknown
पोखरा ;fpg !% . नेकपा माओवादीका महासिचब रामबहादुर थापा बादलले बाबुराम  भट्टराईको सरकारका मन्त्रीहरु र एकिकृत नेकपा माओवादिका नेताहरु इतिहासकै भ्रष्ट बनेको आरोप लगाएका छन् । क्रान्तीकारी पत्रकार महासंघ नेपाल जिल्ला कार्यसमिति कास्कीले सोमबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बादलले वर्तमान सरकारले भ्रष्टाचारका सबै किर्तिमान तोडेको बताए । उनल वर्तमान सरकारलाई विस्थापन गरी गोलमेच सभा मार्फत नँया अन्तरिम सहमतिय सरकार गठन गर्नुपर्ने जिकिर गरे । यो सरकार कुनै पनि हालतमा सहमतिय सरकार बन्न नसक्ने अडान राख्दै उनले भने, ‘ भ्रष्ट, अवैधानिक र विगठित सरकार सहमतिय बन्न सक्दैन, सबै दलको सहमतिमा नँया राष्ट्रिय सरकार बन्नैपर्छ’। थापाले पार्टि फुट्नुको दोष एकिकृत नेकपा माओवादिको नेतृत्वलाई दिए। एककिृत नेकपा माओवादिले अग्रगामी बिचार, निती र र्कार्यदिशालाई छोडेकोले आफुहरुले नँया पार्टि गठन गरेको उनको प्रष्टोक्ती छ । प्रचण्ड नेतृत्वको माओवादिले मोहन बैद्य समुहले निहित स्वार्थको लागि पार्टि फुटाएको आरोपको खण्डन गर्दै थापाले प्रचण्ड र बाबुराम नै फुटबादि भएको प्रष्ट पारे, ‘पार्टि भनेको बिचारको अभिब्यक्ति हो, मान्छेहरुको थुप्रो हैन, जसले विचार छोड्छ उही हो फुटबादि’। थापाले भने । एकिकृत नेकपा माओवादीसँग एकताको सम्भावना कत्तिको छ भन्ने पत्रकारको जिज्ञासामा थापाले भने, ‘उँहाहरु रुपान्तरीत भएर आए, आफुहरुले गरेका कमजोरीप्रति आत्मआलोचित भएर गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए हाम्रो पार्टिमा ढोका खुला छ’।
Don't Miss
© all rights reserved
made with by netKUTI