अछाम असार ३० गते । चन्द्र थापा, , अछाम जिल्लाको पञ्चदेवल क्यामपस बिनायकको १ लाख ५० हजारको चेकको रकमअर्कै व्यक्तीले लिएको खुलासा भएको छ । क्याम्पसको दुई चेकमध्ये पहिलो चेकको रकम लिएको तर अर्को चेकको रकम अर्कैले लगेको पाइएको हो । बैङकबाट नियमानुसार नै रकम झिकिएको राष्ट्रि बाणीज्य बैङकका प्रबन्धक महेन्द्रप्रसाद तिमिलसेनाले बताउनुभयो । नियमानुसार रकम बैङकबाट झिकिएकाले व्यक्ति पत्ता लगाउनु अप्ठेरो हुने तर चेकमा गरेको हस्ताक्षरबाट पत्ता लगाउन केही सजिलो हुने बताउनु भएको छ । प्रेमबहादुर शाहीको नाममा रहेको रकम अर्कैले लिएपछि प्रहरीमा पनि जानकारी गराईएको छ ।