Responsive Ad Slot

latest

ताप्लेजुङको मेहेले गाविसका स्थानियबासिन्दा दुषित पानी पिउन बाध्य ।।

Thursday, July 12

/ by Unknown
रविन भट्टराई, ताप्लेजुङ    असार २८ गते ।  ताप्लेजुङको मेहेले गाविसका स्थानियबासिन्दा दुषित पानी पिउन बाध्य भएका छन् ।  केहि दिन अघि आएको पहिरोले स्थानिय छिरुवा र गोपाङ्ग खोलाबाट गाउँमा ल्याएको तीन वटा पाइप लाइन बगाएको कारण गाविसका पुरै वाडामा खाने पानीको अभाव भएको स्थानियले बताएका छन् । करिब दुई सय घर परिवार रहेको गाविसमा खानेपानीको अभाव भएपछि स्थानियबासिन्दा एक घण्टाको पैदल हिडेरै कुवा र खोल्साको दुषित पानी खान पिउन बाध्य भएको स्थानिय कमल कडरीयाले जानकारी दिनुभयो । कडरियाका अनुसार पहिरोले सबै खानेपानीको पाईप बगाएको छ
भने पानीको ट्याङ्कीसमेत पुरिएको छ ।  पहिरोले खानेपानीको पाईप बगाउँदा र ट्याङ्की पुर्दा ५ लाख बरावरको क्षति भएको अनुमान  गरिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI