Responsive Ad Slot

latest

आरम्भको अधिवेशन,टेलीश्रृखला विमोचन:दोहा

Monday, July 2

/ by Admin BHOLA THAPA
दोहा–आरम्भ नाट्य डबलीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मौलीक कला र संस्कृतीको उत्थान भन्ने मुल नाराको साथ स्थापना भएको आरम्भले आफ्नो प्रथम अधिवेशनबाट अध्यक्षमा उद्धव राईलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्ष्ँमा कविराज सुवेदी, सचिव सरोज श्रेष्ठ, सह सचिव देव तिमिल्सिना, कोषाध्यक्ष्ँ रामकुमार राई , सह कोषाध्यक्ष्ँ विजय श्रेष्ठ छन । सदस्यहरुमा चांदनी चौधरी, झना तमु, दुर्गा खड्का, सन्त बम्जम,देव लामा, प्रदिप बि.क, रमेश कार्की, खगेन्द्र कुमार राई, हर्क प्र.राई, प्रकाश पनेरु, श्याम सिजापति, प्रजापति तिमिल्सना, सुरेश मगर, वसन्त राई, सुरेश न्यौपाने, युग योगी राई,शरद कुमार कार्की छनोट भएका छन ।
                कार्यक्रम आरम्भकी अध्यक्ष रेखा राईको सभापतित्वमा सम्पन्न, एनआरएन एनसिसि अध्यक्ष अमृत गुरुङ, अन्तराष्ट्रिय नेपाली कलाकार संघका अध्यक्ष डि.एन मगर, अन्तराष्ट्रिय नेपाली साहित्यि समाज कतार च्याप्टरका अध्यक्ष हेमन्त परदेशी, निर्वाचन प्रमुख रेगिस्तानी कवि तिर्थसंगम राई, किरात राई यायोख्खा अध्यक्ष धिरज चाम्लीङ राई, नेपाली जनसम्र्पक समितिका सभापति विमल सुवेदी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।
कार्यक्रममा स्वागत मन्तब्य झना तमू, आर्थिक प्रतिवेदन राम राई, भावियोजनाको बारेमा देव तिमिल्सिना, संस्थाको बारेमा संरक्षक प्रविण राई, टेलिश्रृखलाको बारेमा उद्धव राईले प्रस्तुत गरेका थिए भने सुरज श्रेष्ठ, राम राई र लिला कुदेशियाले गीत प्रस्तुत गरे ।
हास्य टेलिश्रृखला विमोचन
अधिवेशनमा आरम्भ कै ब्यानरमा बनेको हास्य टेलिश्रृखला ‘ब्याथै को झर्को नुन चर्को’विमोचन गरीएको छ । कार्यक्रमका सभापति राई, एनआरएन अध्यक्ष गुरुङ,अनेसास अध्यक्ष परदेशी, अन्तराष्ट्रिय नेपाली कलाकारसंघका अध्यक्ष मगरको हातबाट विमोचन गरिएको थियो ।
हास्य टेलिश्रृखलाको निर्देशन उद्धव राईले गरेका हुन भने सह निर्देशकको भूमीका सरोज श्रेष्ठले निभाएका छन । छायाङकन सन्त बम्जन र सरोज श्रेष्ठ, पटकथा युगयोगी राई , परिकल्पना राम राई , सम्पादन सन्त बम्जन, बसन्त राईको छ , भने कलाकारहरुमा रेखा राई, सविना थापा, हर्क प्रसाद राई, संगम बस्नेत , खगेन्द्र राई, प्रदिप वि.क, सुरेश मगर,चांदनी चौधरी, झना तमु, रविन खनाल, कविराज सुवेदी छन ।
Don't Miss
© all rights reserved
made with by netKUTI