अमृता केसी, बाँके साउन ११ गते ।प्रयाप्त मात्रामा पानी नपर्दा बाँकेका किसानहरु पम्पसेट लगाएर खेती लाउन बाध्य भएका छन् । आकासे पानीको भर पर्ने बाँकेका अधिकाशं किसानहरु वर्षायाममा पनी खेतमा अडिने गरि पानी नपरेपछि हजारौँ मुल्य तिरेर पम्पसेटबाट पानी लगाएर खेत रोप्न बाध्य भएका हुन् । पानी नपरेको होईन पानी परेकै छ तर खेति गर्ने जस्तो पानी नभएकोले पम्पसेटबाट पानी निकालेर खेति लाउन बाध्य भएको रझेना ४ का मोहन थारुको भनाई छ । बाँकेका हजारौ किसानहरु पर्याप्त पानी नहुदाँ महङ्गो शुल्क तिरेर पानी तान्ने मेसिन पम्पसेट लगाएर खेती लाईरहेका छन् । नजिकै खोला नाला हुनेहरुले पम्पसेट लगाएर खेति लाए पनि खेतको वरिपरी खोलानाला नहुनेहरु भने पानीकै पर्खाइमा छन् ।