Responsive Ad Slot

latest

( प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई कालो झण्डा देखाए

Sunday, July 8

/ by Admin BHOLA THAPA
असार २४ ( प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उच्च शिक्षाको बर्तमान स्वरुपको पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयका कुलपतिको हैसियतले विश्वविद्यालयको ३७ औ दिक्षान्त समारोहलाई संबोधन गर्दै प्रधानमन्त्री भट्टराईले अपेक्षित परिणाम ल्याउन नसकेकाले उच्च शिक्षाको अहिलेको संरचनामा पुनरावलोकन आवश्यक रहेको बताउनुभयो ।वहुविश्वविद्यालयको अवधारणामा गएपनि त्यो अत्यन्तै अब्यवस्थित, असन्तुलित, अवैज्ञानिक र अवस्तुबादी भएको उहाको भनाई छ ।त्रिभुवन विश्वविद्यालयलाई अनुत्पादक जनशक्ति र वेरोजगार उत्पादन गर्ने कारखानाको परिचयबाट मुक्त गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।अर्को प्रसंगमा प्रधानमन्त्री भट्टराईले संविधानसभाको विगठन भएपछि अग्रगामी र पश्चगामीवीच मोर्चाबन्दि भइरहेको उल्लेख गर्दै यहि मौकाको फाइदा उठाउदै एकात्मकता र राजावादीहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेको दावी गर्नुभयो । मुलुक अव राजतन्त्रको अध्यारो सुरुङ्गको यात्रामा जान नसक्ने उहाँको भनाई छ । त्रिवि परिषरमा सुरक्षा ब्यवस्था अत्यन्तै कडा बनाएपछि नेविसंघका कार्यकर्ताले बाटोमै प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका थिए
Don't Miss
© all rights reserved
made with by netKUTI