Responsive Ad Slot

latest

चन्द्रनिगाहपुरमा जातो, सिलौटा वनाएर मनग्य आम्दानी ।।

Tuesday, July 31

/ by Unknown
दिपेश पौडेल, , रौतहट     साउन १६ गते ।।। रौतहटको चन्द्रनिगाहपुरका नागरिकले जाँतो तथा सिलौटा वनाएर राम्रो आम्दानी गर्न सफल भएका छन् । चन्द्रनिगाहपुर ५ मा रहेको चौतारामा उनीहरुले सिलौटा तथा जातोमा वुट्टा कुदेर व्यापार गर्ने गरेका छन् । नजिकैको खोलावाट ढुंगा लिएर सिलौटा तथा जाँतो वनाउने गरेको स्थानीय राजकिशोर थमहीले वताउनुभयो । एउटा जाँतोको आठ सय रुपैया भन्दा धेरै लिने गरेका छन् भने सिलौटाको दुई सय पचास देखि तिन सयसम्म लिने गरेको उनीहरुले वताएका छन् । केहि हप्तादेखि जिल्लाको ग्रामीण भेगवाट उनीहरुले चन्द्रनिगाहपुरमा नै वसेर वजार तथा गाउँगाउँमा लगेर वेच्ने गरेका छन्  । पुर्खौदेखि आफनो पेशा समेत संकटमा पर्न लागेको र आफूसँग सीप र क्षमता भएका कारण पनि यस पेशागर्दै आएको पेशामा संलग्न राजकिशोरले बताउनुभयो ।


Don't Miss
© all rights reserved
made with by netKUTI