काठमाडौं असार ३० गते । ‘मर्यादा अभिवृद्धि, पेसागत दक्षता–टे«ड युनियन अधिकारको संवैधानिक सुनिश्चितता’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १७औँ राष्ट्रिय परिषद् आजदेखि ललितपुरमा सुरु हुँदैछ । सङ्गठनका ७५ वटै जिल्ला शाखाबाट छानिएका शिक्षकहरू र केन्द्रीय नेतृत्व गरी पाँचसय २० जनाको परिषद् बैठकमा सहभागिता रहनेछ । बैठकमा सामुदायिक विद्यालयस्तर उन्नतिका लागि शिक्षकको भूमिकाबारे पनि छलफल हुने बताइएको छ । सङ्गठनका अध्यक्ष बाबुराम अधिकारीका अनुसार परिषद्को उद्घाटन नेकपा एमाले अध्यक्ष झलनाथ खनालले गर्नुहुने कार्यक्रम छ । उद्घाटन सत्रमा गत वर्षको एसएलसी परीक्षामा सामुदायिक र निजी क्षेत्रबाट सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विभिन्न पाँच विद्यालय र उत्कृष्ठ विद्यार्थीलाई सम्मान गरिनेछ ।