गणेश वानियाँ ÷दोहा, कतार, ८ जुलाई, २०१२ कतारलाई रोजगारीका निम्ति गन्तव्य बनाउने नेपालीहरुको बृद्धि संगै यहाँ आई बिभिन्न सामाजिक, जिल्लागत, क्षेत्रगत, पेशागत, जातिगत, राजनैतिक आदि जस्ता संघ संस्थाहरु मार्फत संगठित हुने क्रम पनि त्यही अनुपातमा बृद्धि भइरहेको छ । यही जुलाई ६ तारिख शुक्रवारका दिनमा मुन्ताजा पार्कमा मोरङ्ग पत्थरीवाट कतारलाई रोजगारीका निम्ति गन्तव्य बनाएका युवाहरुको भेलाले मिलन सुव्वाको अध्यक्षतामा ९ सदस्यीय मोरङ्ग पत्थरी सेवा समाज गठन गरेका छन् । जसमा उपाध्यक्ष योगेश लिम्वु, सचिब राम पौडेल सह सचिब सन्तोष वनेम, कोषाध्यक्ष नरेन सावालिम्वु तथा सदस्यहरु महेश थापा, शुसील श्रेष्ठ, महेन्द्र खड्का तथा मिना खड्का रहनु भएको छ । उक्त भेलाले रञ्जित लिम्वु, काजी बस्नेत, महेन्द्र फुयाँल, तथा राजकुमार भट्टराईलाई सल्लाहकारमा मनोनयन समेत गरेको छ । बिगतका दिनहरुमा पत्थरीवासीहरु एकजुट नभएकोले धेरै समस्याहरु उत्पन्न भएकोले मोरङ्ग पत्थरी सेवा समाज गठन गर्नु परेको अध्यक्ष मिलन सुव्वाले बताउनु भयो । मोरङ्गको पत्थरी गाबिसवाट करिव २५० जना जति युवाहरु यहाँ कार्यरत रहेको र सबै मिलेर कार्य गरेमा सामाजिक कार्यमा ठुलो योगदान पुग्ने बताउदै सबै युवाहरुलाई संस्थामा आवद्ध हुन समेत आग्रह गर्नु भयो ।