Responsive Ad Slot

latest

किरात प्रवासी राष्ट्रिय मन्चको मिलन समारोहमा चिठ्ठा सार्वजनीक दोहा

Monday, July 2

/ by Admin BHOLA THAPA

दोहा–(एनक्युखबर डटकम)किरात प्रवासी राष्ट्रिय मन्च कतारको पहिलो मिलन समारोह तथा भाग्यशाली उपहार कार्यक्रम गत शुक्रबार सम्पन्न भएको छ ।  कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको शुभकामना मन्तब्य राख्दै एकले अर्कोलाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि मिलेर अगाडी बढनु पर्ने र किरात प्रवासी राष्ट्रिय मन्चले आफ्नो कला संस्कृतीलाई पनि प्रवासमा जर्गेना गर्न खेलेको भूमीकाको कदर गरेका थिए ।

 कार्यक्रमलाई रोचक बनाउनको लागि किरात सांस्कृतीक परिवारले सांगितक प्रस्तुतीहरु पनि पस्केका थिए । कलाकार संगम राई र कर्ण राईले ‘जाग चम्क लम्क हे ...’बोलको गीत, प्रकाश राम राई‘बाटो हेरे हुन्छ आमा...’बोलको गीत, हरि महत‘दुई दिनको जीन्दगी...’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए भने गैरआवासिय नेपाली तारा २ का बिजेता दिनेश लिम्वुले आफ्नो आउन लागेको एल्बमको गीत‘ यो कस्तो यात्रा जिन्दगीको...’बोलको गीत प्रस्तुत गरे । कार्यक्रममा विभिन्न हास्य प्रस्तुतीहरु ,नृत्य,गीतहरु पस्केर मिलन समारोहलाई रोचक बनाएका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य दितिय उपाध्यक्ष किरण लिङदेल, कार्यक्रमको औचित्य सह सचिव मनकुमार लिम्वुले प्रकाश पारे भने कार्यक्रमको संचालन गोविन्द थियाक ,हिमाल अदृश्यले गरेका थिए ।

 संस्थाका अध्यक्ष बिजय लिम्वुको सभापतित्व, नेपाली जनजाती महासंघका अध्यक्ष मानवहादुर सावां लिम्वु, एनआरएन सचिव बिनोद भट्टराई, तमु समाज कतारका अध्यक्ष विमल गुरु¨, नेपाली जनसम्र्पक समितिका महामन्त्री करिम बक्स मिया“, किराई राई यायोख्खाका दशरथ राई, पांचथर सेवा समाजका अध्यक्ष छविरमण कटुवाल, मोरङ सुनसरी सेवा समाजका खगेन्द्र कार्की लगायत विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिती थियो ।

चिठ्ठा सार्वजनिक
किरात प्रवासी राष्ट्रिय मन्चले आयोजना गरेको भाग्यशाली उपहार कार्यक्रम मिलन समारोहमा सार्वजनिक गरेको छ । भाग्यशाली चिठ्ठाको  प्रथम पुरस्कार टि.नं–०१२१८ झर्ना योङहाङले ल्याप्टक, दोस्रो पुरस्कार–०५२५ भिडियो क्यामेरा सरोज राई ,तेस्रो पुरस्कार १०९३ एलसिडी टिवी मन्जिङ मगर,चौथो पुरस्कार १२७४ डिजिटल क्यामेरा सागर पुन र पाचौं पुरस्कार ०५०३ मोवाइल किरण चौधरी लाई परेको  छ । त्यस्तै सान्तवना पुरस्कार पुरस्कार घडी सुरेन्द्र, महमोद रहिद हलवाई, बिजेन जोन, राज राई,रेनुका बस्नेत र युएसवि पेमा सास्त्री, सुरेश क्षेत्री, चन्द्र निरौला, बद्रि पाठक साही,छिरिङ शेर्पाले हात पारे http://www.nqkhabar.com/
Don't Miss
© all rights reserved
made with by netKUTI