नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँलेले पत्रकार महासंघ तनहुँको निर्माणाधीन भवनको आइतबार निरीक्षण गरेका छन् । पत्रकार महासंघ तनहुँका अध्यक्ष प्रेमप्रसाद पौडेलले गाउँलेलाई महासंघ भवन निर्माणका बारेमा जानकारी गराएका थिए । भवन निरीक्षणपछि अध्यक्ष गाउँलेले पत्रकार महासंघ सबैको साझा संस्था भएको महशुस गर्दै काम गरे निर्माण सम्पन्न गर्न कुनै कठिनाई नहुने बताए । उनले भवन निर्माणको अभियानमा आफूले समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।यसैबीच नेपाल पत्रकार महासंघ तनहुँका पार्षद् गोरा मियाँले पत्रकार महासंघ तनहुँ शाखाको भवन निर्माणका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका मियाँले पत्रकार महासंघ तनहँुका अध्यक्ष प्रेमप्रसाद पौडेलसँगको आइतबारको भेटमा उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।सम्पूर्ण पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको भवन निर्माणमा आफूले केही सहयोग गर्न पाउनु खुशीको कुरा भएको मियाँले बताए ।