असार १७
असार १७-चिनियाँ अन्तरिक्ष यान १३
दिनपछि पृथ्वीमा फर्किएको छ । तीन चिनियाँ अन्तरिक्ष यात्री दुई हप्ते
आफ्नो मिसन पुरा गरि सफलता पुर्वक फर्किएको हो ।
त्यहाँको सरकारी टेलिभिजनका अनुसार एक महिला सहित तीन अन्तरिक्ष यात्रीहरु देशको उत्तरी क्षेत्रमा ओर्लिएका छन् ।
यस मिसनका क्रममा चीनको अन्तरीक्ष यात्रीले पहिलो पटक पृथ्बीमा सफलतापुर्वक अबतरण गराएको हो ।
सन् २०२० सम्ममा अन्तरिक्ष केन्द्रमा स्टेशन स्थापना गर्न यो सफलताले मद्दत पुग्ने आशा गरिएको छ ।
श्रोत : हाम्रो संसार