घनश्याम पाण्डेय, पोखरा साउन १६ गते ।।। पोखराको गैहापाटनमा एक जना भारतीय नागरिक मृत अबस्थामा फेला परेका छन् । हिजो राति मृत अबस्थामा फेला परेका भारतीय नागरिक भारतको मोतीहारी घर भई हाल पोखरामा कवाडी संकलन गर्दै आएको कास्की प्रहरीले जनाएको छ । अन्दाजी ६० बर्षीय मृतकको नाम खुल्न नसकेको बताइएको छ । अत्याधीक रक्सी सेवनको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । शब लाई अहिले पोष्टमार्टमको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखीएको छ ।