Responsive Ad Slot

latest

खोटाङको कारागार सात वर्षपछि पुःन सञ्चालन

Friday, July 13

/ by Unknown
केदार मगर,   खोटाङ  असार २९  गते । , सशस्त्र द्वन्द्वको समयमा तत्कालिन नेकपा माओवादीद्धारा ध्वस्त बनाइएको खोटाङको जिल्ला कारागार पुःर्ननिर्माण गरिएसँगै सात वर्षपछि सञ्चालनमा आएको छ । २०६२ साल असार ५ गते माओवादीले ध्वस्त बनाएको कारागार पुःर्ननिर्माण गरिएपछि सञ्चालनमा आएको हो । ६५ जना पुरुष र ३० जना महिला बन्दी राख्न सकिने क्षमता भएको कारागारको निर्माण कार्य सम्पन्न भएसँगै सञ्चालनमा ल्याइएको जिल्ला कारागार शाखा खोटाङका जेलर चित्राखर आचार्यले बताउनुभयो । नयाँ भवनबाट कारागार सञ्चालनमा आएसँगै खुन डाँका मुद्दाको अभियोग लागेका तीन जना र ज्यान मार्ने उद्योग मुद्दाको अभियोग लागेका दुई जना गरी पाँच जना थुनुवा कैदीलाई कारागारमा राखिएको कारागार शाखाले जनाएको छ । दुवै बन्दीगृहको निर्माण कार्य सम्पन्न भएपनि कार्यालय र सुरक्षा क्याम्पको भवन निर्माण कार्य नसकिएकाले तत्कालका लागि महिला बन्दी गृहमा
कार्यालय र सुरक्षा क्याम्पको काम सञ्चालन गरिएको जेलर आचार्यको भनाइ छ । यसअघि जिल्लामा कारागारको अभावमा बन्दीलाई जिल्ला प्रहरी कार्यालयमा तथा मुद्धा फैसला भइसकेका कैदीलाई सुनसरीको झुम्कामा लगिँदै आईएको कारागार शाखाले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI