Responsive Ad Slot

latest

सरकारले आज मुख्य सचिवको टुङ्गो लगाउने ।।

Sunday, July 29

/ by Unknown
काठमाडौं साउन १४ गते ।।। अन्यौल र दवावकाबीच सरकारले आज कायममुकायम मुख्य सचिव छनौट गर्ने भएको छ । सरकारमा सहभागी दलहरुबीचनै भावी मुख्य सचिव कस्लाई बनाउने भन्ने बारेमा कुरा मिल्न नसकेको बेला बहालवाला मुख्य सचिव माधव घिमिरे आजबाट विदा बस्ने भएपछि  सरकारले आजै मुख्य सचिवको टुङ्गो लगाउने तयारी गरेको हो । मुख्य सचिव छनौटको बारेमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । अहिले केहीबेरमा सुरु हुने बैठकमा सचिव छनौट लगायतका अन्य समसामयिक अवस्थाको बारेमा छलफल हुने सरकारका प्रवक्ता समेत रहनु भएका सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले सीआईएनलाई जानकारी दिनुभयो । मुख्य सचिवका आकाङ्क्षीहरु १३ जना सचिव भए पनि मन्त्रिपरिषद्को कार्यालयका सचिव लीलामणि पौड्याल , निर्वाचन आयोगका सचिव शङ्कर कोइराला र उद्योग मन्त्रालयका सचिव उमाकान्त झा मध्ये एकजनालाई मुख्य सचिव तोक्ने तयारी भएको स्रोतले जनाएको छ । सत्ताधारी मधेसवादी दलहरुले झालाई मुख्य सचिव बनाउनुपर्ने अडान छाडेका छैनन् भने एकीकृत माओवादीले पौड्याललाईनै मुख्य सचिव बनाउनुपर्नेमा जोड दिएको बुझिएको छ ।




Don't Miss
© all rights reserved
made with by netKUTI