दशरथ घिमिरे, लमही दाङ साउन ९ गते । वाढीवाट पीडित वनेकाहरुलाई आज पनि राहत वितरण गर्ने कार्य जारी रहने भएको छ । साउन चार गते आएको वाढीवाट दाङको सिसहनिया, लालमटीया र सोनपुर गाविसका अधिकांश नागरिक समस्यामा परेका थिए । वाढीवाट घरवाहारविहिन भएकाहरु अझै छीमेकीको घरमा आश्रय लिएर वसीरहेका छन् भने कतिपयले घर निर्माणकार्य जारी राखेका छन् । सिसहनियाको दोलही र सोनपुरको सिङ्गे खोलामा आएको वाढी तीन गाविसका करिव २१ सय घरमा पस्दा लाखौंको क्षति हुन पुगेको थियो । आज सिसहनियाका ५० घर परिवारलाई युनिसेफ र नेपाल रेडक्रस सोसाईटीद्धारा उपलब्ध गराइएको राहत सामाग्री वितरण गर्ने कार्यक्रम रहेको रेडक्रस उपशाखा लालमटीयाका सभापपति गंगाराम भट्टराईले जानकारी दिनु भएकोछ । यस अघि जिल्ल दैविप्रकोप उद्धार समिति मार्फत क्षतिको विवरणका आधारमा पूर्ण र आंशीक क्षति भएका परिवारलाई एक हजारदेखि पाँच हजार रुपैयाँ सम्म नगद प्रदान गरिएको थियो ।