बिष्णु गौडेल ,
नवलपरासी असार १८ गते । दुई हप्ता अगाडि
गएको पहिरोका कारण नवलपरासीको दलदले —बुलिङ्गटार सडक खण्ड अवरुद्ध हुदा
दैनिक उपभोग्य बस्तुको अभाव भएको छ । दलदलेबाट जिल्लाको उत्तर पहाडी १३
गाविसमा उपभोग्यबस्तुको अभाव भएको हो । धौवादीको पाङ्ग्रेमा गएको पहिरोका
कारण ति स्थानमा चामल, नुन, तेललगायतका दैनिक उपभोग्य बस्तुका साथै
निर्माणका सामाग्रीहरु ढुवानी हुन नसेकेको होे । अति आवश्यक बस्तुको ढुवानी
हुन नसक्दा गाउँमा सामान पाउन छोडिएको बुलिङ्गटार गाविसका पुर्व अध्यक्ष
पदमराज गिरीले बताउनुभयो ।
दश दिन बित्दा पनि सडकमा गएको पहिरो
पन्छाउन जिल्ला विकास समितिले चासो नदिदा यातायात सञ्चालन हुन नसेकेको हो ।
सडक निर्माण कार्य भएको ठाउँमा पनि मर्मत हुन सकेको छैन् । नयाँ मर्मत
गरेको सडक पहिरो जाँदा अर्खला, जौवारी, नरम, डेढगाउँ, बुलिङ्गटार, लगायतका
गाविसमा यातायात सेवा अवरुद्ध भएको हो ।