काठमाडौं साउन १४ गते ।।। नेपाल–बङ्गलादेश चौथो वाणिज्य सचिवस्तरीय वार्ता आज काठमाडौंमा हुने भएको छ । दुवैदेशका अधिकारीबीचको बैठकमा द्विपक्षीय व्यापार अभिवृद्धिबारे छलफल हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । वार्तामा द्विपक्षीय व्यापार विस्तार एवम् सहजीकरणका साथै दुवै मुलुकका बजारमा केही वस्तुमा भन्सार शुल्करहित प्रवेश सुविधा उपलब्ध गराउने सम्बन्धमा छलफल हुने बताइएको छ । वार्तामा भाग लिन बङ्गलादेशका वाणिज्य सचिव मोहम्मद गुलाम हुसेनको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको छ । यसअघि २०६७ असारमा पनि नेपाल र बंगलादेशबीच वाणिज्य सचिवस्तरीय वार्ता भएको थियो ।