Responsive Ad Slot

latest

नौमति पन्चे बाजा सहित लोक दोहोरी कलाकारहरुलाई सम्मान ,भिडीयो सहित ।

Saturday, July 7

/ by Admin BHOLA THAPA

भोला थापा क्षेत्री –एनक्युखबर डटकम

दोहा जुलाई ७ तारिख । नेपाल प्रवास दलित एकाता संगठन द्धार गत विहीबार ६ जुलाई २०१२ का दिन टफफ्रम रेन्टुरेन्टमा पन्चैबाजा सहित लोक दोहोरी कार्यक्रम आयोजना गरि कलाकारहरुलाई सम्मान गरेको छ । संस्थाका अध्याक्ष बुद्धी परियारको सभापतित्वमा तथा प्रमुख अतिथी जनप्रगतिसिल मन्चका प्रमुख सल्लाहाकार होम नाथ शर्मा,

विषेश अतिथी एनआरएनए एनसिसि अध्यक्ष्ँ अमृत गुरुङ, ,नेपाली जनप्रगतिशिल मन्चका अध्यक्ष रमेश भट्ट, अतिथि तिल विक्रम थेवे , मिलीजुली शहकारी सस्थाका विष्णु परिवार ,बाबुराम गहै्र, रोजीना बास्तोला, जिवन खतिवाडा , गणेश बांनिया लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।

कार्यक्रम करिव वेलुकी ६ बजेदेखी सस्थाका सचिव राजेश परिवारले संचालन गरेका थिए कार्यक्रम दिप प्रजलन का साथै देशका शहिदहरुको लागि १ मिनेट मौनधारण पनि गरिएको थियो । कार्यक्रममा सस्थाका कलाकारहरुबाट यो नेपाली शीर उचाली बोलको गितमा स्वागत कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गरेको थियो । कार्यक्रममा स्वागत मन्तब्य सस्थाका प्रथम उपध्याक्ष कृण्ण परियारले राखेका थिए ।

कार्यक्रमलाई नेपाली लोक सस्कृतीको झल्को मेटाउनको लागि गायक कृण्ण परियार रामु विकले बटौलीमा आउनुहै मायाँ बोलको गितमा पन्चेबाजाका साथ सम्पुर्ण दर्शकहरुलाई भरपुर्ण मनोरन्जन दिएका थिए ।

कार्यक्रम वेला वेलामा अतिथी शुभकामना मन्तब्या राखेका थिए । एनआरए एनसिसि अध्यक्ष अमृत गुरुङले नेपालमा हराईसकेको नौमति पन्चेवाजलाई आज कतारमा नेपाल प्रवास दलित एकाता संगठन लगायत विभिन्न्न सांगितीक सस्थाहरुले जोगाई राखेको मा सम्पुर्ण लाई धन्यावाद प्रकट गरेका थिए ।

कार्यक्रममा गायक रामु विकले मायाँ जाल बुन्छु म झिमझिम सानु बोलको गित बन्चे बाजाका साथ गाई दर्शकहरुलाई नचाएका थिए ।

हल सानो भएकोले कार्यक्रममा समाल्न आयोजकलाई हम्मे हम्मे परेको थियो भने पुरुस मात्र नभएर महिलाको पनि गहकिलो उपस्थित रहेको थियो । मन्तब्याकै क्रममा अमृता ढुंगानाले नेपालमा भएको याद दिलायो यति धेरै रमाईलो सायद पहिलो चोटी पाएको छु नेपाल प्रवास दलित एकाता संगठन लाई धन्याबाद ब्यक्त गरेकी थिईन ।

कार्यक्रममा सस्थाका अध्याक्ष बुद्धी परियार ले नेपाल प्रवास दलित एकाता संगठनका एक जना पदाधीकारीले आर्थिक हेनामिना देखी लिएर उल्टो सस्थाका सदस्याहरुलाई धम्केउने विभिन्न विकृृती क्रियकलाप गरेको विषयाले गर्दा उहाले उक्त ब्याक्तिलाई दलित विरोधी भन्दै १ हप्तामा कार्यवाही नभए भौतिक कार्वही पनि गर्ने चेतवनीका साथ सस्थाबाट निस्काकशन गरेको कार्यक्रममा सुनाएका थिए ।

नेपाल प्रवास दलित एकता संगठन नया कार्यसमिती पनि चहेन गरेको छ जसमा प्रथम उपअध्याक्ष कृण परिवार , द्धतिया उपअध्याक्ष सत्रुधन पासवान , महा सचिव राजेश परियर , सचिव गोविन्द सार्कि , कोष अध्याक्षा धनबहादुर भुसाल रहेका छन ।

कार्यक्रमकै क्रममा फेरी गायक कृण्ण परिवारले रुमाल धोको छु बोलको लोक गितमा दशैकलाई भरपुर्ण मनोरन्जन दिलाएका थिए भने प्रमुख अतिथी विशेष अतिथी लगायत अतिथीहरुले लोक दोहीरी गायक हरुलाई खादा तथा अविर जात्रा गरि सम्मान गरेका थिए जसमा दिपक परिवार , रामु विक , छगु परिवार राजेन्द्र महरा, लि कुमार विक , कृष्ण परियर सम्मान भएका थिए ।

कार्यक्रमलाई मनोरन्जन दिएको भन्दै विभिन्न संघ सस्थाका प्रतिनीधीहरुले आर्थिक सहयोग पनि गरेका थिए ।

 

नेपाली दलित एकता संगठनले आयोजना गरेको सांस्कृतीक कार्यक्रमको झलकहरु भिडियो -राजेश्वर ढकाल/ एनक्युखबर डटक

Don't Miss
© all rights reserved
made with by netKUTI