काठमाडौं, असार २३ – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले मुलुकलाई निकास दिन आफुहरुले नयाँ पार्टी खोलेको दावी गर्नुभएको छ । डा। चन्द्रमान वज्राचार्यद्वारा लिखित पुस्तकको काठमाडौंमा विमोचन गर्दै अध्यक्ष वैद्यले २ पक्षको सत्ताको हानाथापले मुलुक बर्बादीतिर धकेलिएको भन्दै त्यसबाट निकास दिन नयाँ पार्टी खुलेको बताउनुभयो ।नेपाली काँग्रेस र एमालेको समीकरण सत्ता प्राप्तिको लागि र एकीकृत नेकपा माओवादी र मधेशी मोर्चा सत्तामा टिकिरहनका लागि मोर्चाबन्दिमा लागेको भन्दै वैद्यले त्यसले सिर्जना गरेको संकट समाधानका लागि तेस्रो शक्ति नेकपा–माओवादी जन्मिएको दावी गर्नुभयो । उहाँले मातृकाप्रसाद कोईराला, विपी कोईराला र गिरिजाप्रसाद कोईरालाले नेपाल र नेपालीलाई धोका दिएको भन्दै सत्ता स्वार्थका लागि माधवकुमार नेपालले पनि थप बदमासी गरेको आरोप लगाउनुभयो ।प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सत्ता टिकाउनका लागि भारतसँग लम्पसार भएर विप्पा सम्झौता गरेको दावी गर्दै वैद्यले भन्नुभयो, ‘अहिले अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र सुरक्षा सम्बन्धि जिम्मेवारी भारत सरकारलाई दिने तयारी गर्नु गैरजिम्मेवारी र राष्ट्रघातको पराकाष्टा हो ।
ल्भधक अगत
ल्भधक अगत