Responsive Ad Slot

latest

कैलालीमा एक करोडको जनता आवास कार्यक्रम ।।

Saturday, July 14

/ by Unknown
असार ३० गते ।तपेन्द्र कुँवर, कैलाली, धनगढी कैलालीमा यसै वर्षदेखि लागू भएको जनता आवास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । विशेषगरी वादी समुदाय लक्षित कार्यक्रमको हालसम्म करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको जनता आवास जिल्ला समन्वय समितिका सदस्य सचिव एवं धनगढीस्थित सहरी विकास तथा भवन विभागका ईन्जिनीयर अम्बादत्त जोशीले बताउनुभयो ।सरकारी सहुलियतमा बन्ने घरहरु कुन–कुन व्यक्तिहरुले पाउने भनेर वादी समुदायहरुबीच नै विवाद भएपछि गत माघ–फागुनमै सुरु हुनुपर्ने कार्यक्रम चैत–वैशाखदेखि मात्रै सुरु भएको थियो । घरहरुको फिनिसिङ र रङरोगनमा काम अन्तीम चरणमा पुगेको छ । सरकारले जनता आवास कार्यक्रममार्फत कैलालीका वादी समूदायहरुको पुनस्र्थापनाका लागि पक्की घरहरु बनाउन यस आर्थिक वर्ष  एक करोड बजेट विनियोजन गरेको थियो । यसमध्ये हालसम्म  ७० लाख खर्च भइसकेको छ । ५५ परिवारका बरण्डासहितका ३ कोठे पक्की घरहरु बनाउन कार्यक्रम लागु भएको हो । बजेट अभावले यस वर्ष जिल्लाभरका ५५ परिवार वादी समूदायहरुलाई मात्रै छनोट गरिएको हो ।


Don't Miss
© all rights reserved
made with by netKUTI