काठमान्डौ असार २७ - भारतीय सेनाध्यक्ष विक्रम सिंहलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ । राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति डाक्टर रामवरण यादवले सिंहलाई नेपाली सेनाको महारथीको मानार्थ दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । सन् १९६५ देखि नेपाली र भारतीय सेनाले एक अर्काको मानार्थ महारथी दर्जा लिने चलन छ ।
भारतीय सेनाध्यक्ष विक्रम सिंह पाँच दिने भ्रमणका क्रममा मंगलवार काठमाडौ आउनुभएको हो ।भारतीय सेनाध्यक्ष सिंहले वुधवार नै काभ्रेको पाँच खालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन गरेको नेपाली सेनाले जनाएको छ । सिंहले आज प्रधानमन्त्री डा। बाबुराम भट्टराईसँग सिंहदरबारमा भेट गर्नुभयो ।
रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्री भट्टराईसँगको भेटमा दुई देशबीचको सैन्य सम्बन्ध र आपसी सहयोगका बारेमा छलफल भएको बताइएको छ । सेवा अवधिको अन्ततिर मात्रै नेपाल भ्रमण गर्ने यसअघिको परम्परालाई तोड्दै स्थल सेनाअध्यक्षमा नियुक्त भएलगत्तै नेपाल आउनुभएका भारतीय स्थल सेनाध्यक्षले प्रधानमन्त्री भट्टराइसंग भेटेपछि संचारकर्मीसंग भारतको नेपालसँग विशेष सम्बन्ध रहेको भन्दै दुई देशबीचको समझदारी अनुसार सहयोग आदान प्रदान हुने बताउनुभयो ।