पोखरा (पोखरामा संञ्चालन हुने मिटर ट्याक्सीमा मिटर जडान गरि भाडा समायोजनको कामलाई कडाईका साथ अगाडी बढाईने भएको छ । पटक पटक भाडाका ट्याक्सीमा मिटर जडान गरेर भाडा समायोजनको काम गर्ने भनिएपनि लामो समय हुदाँ समेत, काम हुन नसकेकाले भाडा समायोजनको कामलाई कडाईका साथ लागु गर्न लागिएको गुणस्तर तथा नापतौल कार्यालय कास्कीले जनाएको छ । भाडाका ट्याक्सीमा चढेबापत प्रति किलोमिटर ३२ रुपैयाँ तिर्नुपर्ने व्यवस्था भएपनि, ट्याक्सी चालकहरुले मनपरी शुल्क असुल्ने गरेका छन् ।
कार्यालयले मिटर जडान गरि भाडा समायोजनका लागि गएको चैत्र देखि ट्याक्सी व्यवसायीलाई आग्रह गरेपनि अहिले सम्म १ सय ३२ वटा ट्याक्सीले मात्र भाडा समायोजनका लागि मिटर जोडेको जनाएको छ । यसैबिच, जिल्ला प्रशासन कार्यालय कास्कीले भाडा संमायोजनका लागि मिटर जडान नगर्ने ट्याक्सीलाई कडा कारवाही गर्ने जनाएको छ । पोखरामा अहिले १ हजार ५ सय ८० वटा भाडाका ट्याक्सी गुणस्तर तथा नापतौल कार्यालय कास्कीमा दर्ता भएर संञ्चालनमा रहेका छन् ।
गुणस्तर तथा नापतौल कार्यालय कास्कीले १ हजार ५ सय ८० वटा भाडाका ट्याक्सी पोखरामा संञ्चालन हुने जनाएपनि ट्याक्सी व्यवसायी समितीले भने करिव ४ हजारको संख्यामा भाडाका ट्याक्सी संञ्चालनमा रहेको जनाएको छ । ट्याक्सी व्यवासायी समिती पछिल्लो समय मिटर जडान गरि भाडा समायोजन गर्न सकारात्मक रहेकाले मिटर जडान तथा भाडा समायोजनको काम छिटै हुने सम्भावना रहेको गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख झाले बताउनुभयो