Responsive Ad Slot

latest

अमेरिकाले अफगानिस्तानलाई मुख्य गैर नेटो सहयोगीको मान्यता दिने घोषणा गरेको छ ।

Saturday, July 7

/ by Admin BHOLA THAPA
असार २३ – अमेरिकाले अफगानिस्तानलाई मुख्य गैर नेटो सहयोगीको मान्यता दिने घोषणा गरेको छ । आकस्मिक रुपमा अफगानिस्तान पुगेकी अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले त्यहाँका राष्ट्रपति हामिद कारजाईसंगको भेटपछि यस्तो घोषणा गर्नुभएको हो ।अमेरिकाले गैर नेटो सहयोगीको मान्यता दिएका राष्ट्रहरुलाई हतियार निर्यात र सैन्य सहयोगमा प्राथमिकता दिने गरेको छ । यसअघि यस्तो मान्यता अष्ट्रेलिया, ईजिप्ट र ईजरायललाई प्रदान गरिसकेको छ ।अमेरिकी विदेशमन्त्री क्लिन्टनले नयाँ घोषणा अफगानिस्तानको भविष्य प्रतिको प्रतिवद्धताको बलियो संकेत भएको प्रतिक्रिया दिनुभयो । मुख्य दाता राष्ट्रको जापानमा हुने सम्मेलन अघि अमेरिकी घोषणा आएको हो । जापानको राजधानी टोकियोमा आइतबारदेखि शुरु हुने सम्मेलनमा नेटो नेतृत्वको सैन्य टोलीले अफगानिस्तान छोडेपछि अफगानिस्तानलाई गर्न सकिने सहयोगका बारेमा छलफल हुनेछ ।अफगानिस्तानले सहयोगको प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने माग गर्दै आएको छ भने दाता राष्ट्रहरुले सहयोगको सुनिश्चितताका लागि पारदर्शिता र सुशासनको स्पष्ट प्रतिबद्धता अफगानिस्तानले जनाउनुपर्ने बताउँदै आएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI