काठमान्डौ असार १७
काठमान्डौ असार १७ गते । नेपाल वायुु सेवा
निगमले आज आफ्नो ५४ औं बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरेर मनाउँदै छ ।
निगमले राजधानीको नेपाल प्रज्ञाप्रतिष्ठानमा गर्ने कार्यक्रमको विहान १०
बजे प्रधानमन्त्री डा बाबुराम भट्टराईले उद्घाटन गर्नुहुनेछ । विक्रम संवत
२०१५ साल असार १७ गते स्थापना भएको निगमले सुरुमा डीसी. ३ विमानबाट सेवा
प्रारम्भ गरेको थियो ।

निगमको निरन्तर प्रगतिले गर्र्दा अहिले
बोइङ्ग ७ सय ५७ विमानलाई आफ्नो सेवामा लगाउन सफल भएको छ । निगमले हाल
अन्तर्राष्ट्रिय उडान अन्तर्गत बोइङ्ग ७ सय ५७ बाट हङ्गकङ्ग, क्वालाम्पुर,
बैंकक, दुवई र दोहा गरी ५ गन्तव्यमा सेवा दिदैैं आएको छ । त्यस्तै,
आन्तरिकतर्फ ट्वीनअटर विमानबाट २४ गन्तव्यमा उडान गरिरहेको छ ।