आज साउन ६ गते, नेपाली काङ्ग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा नेपाली काङ्ग्रेस र उसको भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् । यही सन्दर्भमा आज काङ्ग्रेसले बीपी सङ्ग्रालय काठमाडौंको सुन्दरीजलमा विशेष कार्यक्रम गर्दैछ ।
नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको थियो । उहाँ नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट परिचित हुनुहुन्थ्यो । जीवनभर प्रजातन्त्रका लागि लड्नुभएका कोइराला शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता हुनुहुन्थ्यो । क्यान्सर रोगबाट थला पर्नुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल पर्नुभएको थियो । कोइरालाको नेतृत्वमा जहानियाँ राणाशासन हटाउन २००३ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना भएको थियो । बीपी कोइरालाले २००७ सालमा १०४ वर्षे राणाशासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिनुहुन्थ्यो ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको कोइराला २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो । तत्कालीन राजा महेन्द्र शाहले प्रधानमन्त्रीबाट बर्खास्त गरी कोइारालालाई जेल राखेका थिए । उहाँ २०२५ सालसम्म आठ वर्ष निरन्तर जेलमै रहनुभयो । त्यसपछि भारत प्रवासमा रहनुभएका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको थियो ।
उच्च राजनीतिक छवि हुँदाहुँदै पनि उहाँले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानलाई अतुलनीय मानिन्छ । कोइरालाको सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दादु, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन् ।