तपेन्द्र कुँवर,, कैलाली साउन १५ गते !!!!कैलालीको गोदावरी गाविसमा रहेको धार्मिक स्थल गोदावरी क्षेत्रमा आजबाट बोलबम मेला लाग्ने भएको छ । गोदावरी क्षेत्रमा सरोकारवालाहरुको ध्यानाकृष्ट गर्न नेपाल साहित्य तथा सांस्कृतिक प्रतिष्ठान गोदावरीले मेलाको आयोजना गर्न लागेको हो । प्रचार प्रसार र संरक्षण सम्बर्धनको अभावमा गोदावरी क्षेत्रको महिमा लोप भएको भन्दै गोदावरी क्षेत्रको धार्मिक तथा सास्कृतिक महत्वबारे जानकारी दिन मेला आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले बताउनुभयो । उहाँको अनुसार सुदूरपश्चिमका ७ पहाडी जिल्लाको प्रवेशद्वार, पर्यटकीय र धार्मीक ऐतिहासिक क्षेत्र गोदावरी भएतापनि यसको प्रवद्र्धनतर्फ कसैको ध्यान जान सकेको छैन । गोदावरी क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व पुराणमा समेत उल्लेख गरिएको छ ।