Responsive Ad Slot

latest

एक तृतियांश बजेट आउने निश्चित

Sunday, July 8

/ by Admin BHOLA THAPA
असार २४ – अध्यादेश मार्फत पूर्ण बजेट ल्याउने सरकारको प्रस्तावमा राष्ट्रपति सहमत नभएपछि एक तृतियांश बजेट आउने निश्चित भएको छ । बजेटका विषयमा परामर्श गर्न शनिबार शितलनिवास पुगेका अर्थमन्त्री बर्षमान पुनलाई पनि राष्ट्रपतिले एक तृतियांश बजेट ल्याउन सुझाव दिनुभएको छ ।अर्थमन्त्रालयले पनि पूर्ण र एक तृतियांश दुबै बजेटको तयारी गरिरेहेको छ । एक तृतियांश बजेट चालु बर्षको बजेटको निरन्तरता र कुनैपनि नयाँ कार्यक्रम नसमेटिने भएकोले निर्माणका लागि लामो सयम नलाग्ने अर्थमन्त्रालयले स्रोतले बताएको छ । मन्त्रालयले १ खर्ब २८ अर्ब बराबरको एक तृतियांश बजेट विनियोजन गर्ने तयारी गरेको छ ।प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु पनि एक तृतियांश बजेटमा सहमति नजिक पुगेको अर्थमन्त्री निकट स्रोतले बताएको छ । राष्ट्रपतिले प्रधानमन्त्री र अर्थमन्त्रीलाई निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकारले वार्षिक बजेट ल्याउन नहुने र बजेटको विषयमा परेको रिटमा सर्वोच्च अदालतको फैसलाले पनि तयारी एक तृतियांश बजेटका लागि मात्रै बाटो खुलेको बताएका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI