कपिल ज्ञवाली
बुटवल असार २६
स्वास्थ्य सीपमुलक शैक्ष्ँिक विकास केन्द्र पाल्पाको आयोजना तथा बुटवल नगरपालिका कार्यालयको सहयोगमा संचारकर्मिहरुको लागि आयोजित सूचना प्रवाहमा प्रशंसनिय दृष्टिकोण विषयक तालिम सम्पन्न भएको छ । सकारात्मक कामहरुको उठानवाट नै व्यक्तिको व्यवहारमा सकारात्मक परिवर्तन गर्न सकिन्छ भन्ने मान्यताका साथ तालिमको आयोजना गरिएको थियो । तालिमको समापनको अवसरमा बोल्दै बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेलले संचारकर्मि तथा नगरपालिकाका कर्मचारीहरु दुवैको भावना आ आफ्नो क्ष्ँेत्रबाट समाजसेवा गर्नु नै भएको उल्लेख गर्दै आफुहरुको कामप्रति सहयोग गर्न आग्रह गर्नुभयो । सामाजिक शाखा अधिकृत दामोदर ज्ञवालीले कतिपय अवस्थामा नगरपालिकाका कर्मचारी कार्यालय समयभन्दा बढि समय नगरवाशीहरुको सेवामा खटिने गरेको बताउंदै कर्मचारीहरुले गरेका सकारात्मक कामहरुको प्रशंसा तथा प्रचारप्रसार गर्न सके आफुहरु प्रति अझै उर्जा प्रदान हुने बताउनुभयो । केन्द्रका अध्यक्ष्ँ दण्डपाणी पोखे्रलको अध्यक्ष्ँता तथा कृष्ण कार्कीको संचालनमा सम्पन्न भएको तालिममा सहभागि संचारकर्मिहरु महेन्द्र थापा र भगवती पाण्डेले तालिमको अनुभव तथा उपलब्धिको बारेमा बताउनुभयो । तिनदिन सम्म संचालित उक्त तालिममा नेपाल प्रशंसनिय दृष्टिकोण राष्ट्रिय संजालका अध्यक्ष्ँ रामवहादुर रावतले प्रशिक्ष्ँण दिनुभएको थियो । तालिममा २५ जना संचारकर्मिहरुको सहभागिता रहेको थियो ।