तिलक गाँउले, साउन १४ गते ।।। , नेपालगञ्ज भारत निकासी हुने जटिबुटीमा अघिल्लो आर्थिकबर्ष भन्दा २५ प्रतिशतले कमि आएको छ । जडिबुटी व्यवायी सङ्घ केन्द्रीय कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०६८÷६९ मा अघिल्लो आर्थिकबर्ष भन्दा करिब १६ लाख किलोग्राम कम जडिबुटी भारत निकासी भएको छ । आर्थिक बर्ष २०६७÷६८ मा ६७ लाख ४४ हजार केजी जडिबुटी भारत निर्यात भएको थियो । जडिबुटीको गुणस्तर परिक्षण गर्ने प्रयोगशाला निर्माण भएपछि मध्य र सुदूरपश्चिमबाट भारत तथा तेस्रो मुलुकमा निकासी हुने जडिबुटीको मात्रा बढेकोमा पछिल्लोसमय भारतको उत्तरप्रदेश राज्य सरकार अन्तर्गतको वन बिभागले अनिवार्य स्वीकृती लिनुपर्ने व्यवस्था लागु गरेपछि पछिल्लो २ महिनाएता जडिबुटी निकासी ह्वात्तै घटेको छ । साह्रै समस्यामा परेका केहि व्यवसायीले भारतीय कर्मचारीलाई घुस बुझाएर कहिलेकाही निकासी गर्ने गरेको बताइएको छ ।