Responsive Ad Slot

latest

राजापुरका प्रहरी निरिक्षकले संचालकलाई धम्काएपछि घाट नै बन्द ।।

Sunday, July 29

/ by Unknown
दुर्गा देवकोटा,     साउन १४ गते ।।।  कैलाली इलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रहरी निरिक्षक दिपक शाहले कुट्ने धम्की दिएपछि घाट सचांलकले घाट बन्द गरेका छन् । शाहले धनसिंहपुर गाविसबाट घाट ठेक्कामा लिएका ठेकेदारलाई पिट्ने, डुङ्गा बगाइदिने धम्की दिएपछि घाट बन्द भएको हो । घाट बन्द भएपछि बर्दिया र कैलाली आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् । नारायणपुर गाविसबाट सचांलनमा आएको घाट मात्र सञ्चालनमा आएको छ  । कैलाली र बर्दिया जोड्ने कर्णाली नदिमा घाट सचांलनमा धनसिंहपुर गाविस र नारायणपुर गाविसबीच विवाद छ । दुवै गाविसले घाट सचांलनका लागि दुई जनालाई ठेक्का दिइसकेका छन् । तीन बर्ष अघि नारायणपुर र धनसिंहपुर गाविसले यो घाट आलोपालो गरी ठेक्का दिने सहमति गरेका थिए । पालो अनुसार यसपटक घनसिंहपुर गाविसले ठेक्का दिने समय भए पनि नारायणपुर गाविसले सहमति मिचेर ठेक्का दिएको धनसिंहपुर गाविसको भनाई छ । नारायणपुर गाविसबाट ठेक्का लिने र राजापुर गाविसबाट ठेक्का लिने व्यक्ति दीपक कुरैसी भएकोले इलाका प्रहरी कार्यालयका प्रमुख समेत रहेका शाहले रकम मोहमा परेर धम्की दिएको आरोप लागेको छ ।

 
Don't Miss
© all rights reserved
made with by netKUTI