काठमाडौं साउन ३ गते ।एकीकृत नेकपा माओवादीको सातौं विस्तारित बैठकमा आजदेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि सुझाव प्रस्तुत हुने भएको छ । हिजो राजधानीमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी र क्रान्तिका अगाडि उत्पन्न सङ्कट र सर्वहारावर्गको आगामी कार्यभार’ नामक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा पार्टीको आगामी कार्यदिशासहित तत्कालीन सात राजनीतिक दलहरूसँग १२ बुँदे समझदारीपछि पार्टीले १२ वटा कमजोरी गरेको उल्लेख गर्नुभएको छ । बैठकमा विभिन्न जिल्लाबाट आइपुगेका सहभागीहरूलाई अलग अलग १४ वटा समूहमा विभाजन गरी प्रतिवेदनमाथिको छलफललाई अगाडि बढाइएको छ । समूहका नेताले छलफलमा उठेका विषयवस्तु समेटी सुझाव प्रस्तुत गर्ने कार्यक्रलम रहेको छ । बैठक बिहान ९ बजे भृकुटीमण्डपमा सुरु हुनेछ ।
झन्डै पाँच हजार सहभागी रहेको विस्तारित बैठकले पार्टी महाधिवेशनको मिति टुङ्गो लगाउने बताइएको छ । अध्यक्ष प्रचण्डले फागुनमा महाधिवेशन हुने प्रस्ताव गर्नुभएको छ । विगत २४ वर्षदेखि हुन नसकेको महाधिवेशन तत्काल गर्नुपर्ने र त्यसबाट पार्टीलाई चुस्त, दुरुस्त बनाउनुपर्ने पनि अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।