Responsive Ad Slot

latest

ओखलढुङ्गामा पेल्ट्रिक सेट सन्चालन पारदर्शी नहुँदा १ सय १७ घरधुरीका मारामा ।।

Wednesday, July 25

/ by Unknown
, ओखलढुंगा साउन  १० गते । ओखलढुङ्गाको छरछरे खोला ओडारे पेल्ट्रिक सेट फेदिगुठ १ को सन्चालन समितिका अध्याक्षले निष्पक्ष र पारदर्शी काम नगर्दा त्यहाका १ सय १७ घरधुरी उपभोक्ता मारमा परेका छन् । फेदीगुठ गाविस वार्ड नं. १ मा रहेको चिलाउने र साइदुवा गाँउका १ सय १७ घरधुरी उपभोक्ता मिलेर आफ्नै लगानिमा सन्चालनमा ल्याएको बत्तिमा त्यहाका अध्याक्ष दुर्गा बहादुर गुरुङले निष्पक्ष र पारदर्शी काम नगरेको उपभोक्ताले गुनासो गरेका छन् । २०६७ साल श्रावण १ गतेबाट बत्ति सन्चालनमा आए पनि अहिलेसम्म त्यसको आम्दानी तथा खर्च सार्वजानिक गरिएको छैन् ।  प्रत्येक घरधुरीबाट निमार्ण सम्पन्न भई सकेपछि महिनाको रु ३० का दरले  उठाइ अध्याक्षलाइ दिने गरेको तर  त्यो पैसा कहा जम्मा हुन्छ थाहा नभएको उपभोत्ताको गुनासो छ ।  अध्याक्षको  घरमा अरु उपभोक्ताको घरमा  भन्दा दोबर, बत्ति, टिभी, डेक, अरु मेसीनरी सामन चलाएको. तर अरु उपभोक्ताको  घरमा चेक गर्दै  यो बल्बको पावर बढी रहेछ भनेर लाने गरेको स्थानिय उपभोक्ताहरुले गुनासो गरेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI