स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको दोश्रो पूर्ण बैठक आईतबार पोखरामा बसेको छ । कास्की शाखाका अध्यक्ष दिपककुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाका लागि सल्लाहकार समति मनोनयन गरेको छ । स्वतन्त्र पत्रकार संघ नेपाल तदर्थ समितिका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बाँस्तोला र उपाध्यक्ष भक्तबहादुर आले विविको विशेष उपस्थितिमा बसेको बैठकले नारायण कार्की, महेन्द्र कतिला, माधव वियोगी, सुदर्शन रञ्जित र रामचन्द्र बराललाई मनोनित गरिएको सचिव वीरेन्द्र सापकोटाले बताउनुभयो । साथै बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ ।