काठमाडौं असार २४संविधानसभा को विघटन दल र सरकारको असफलता भएको भनाइ ।।
राष्ट्रपति डा। रामवरण यादवले नेपालमा राजनीति सेवा भन्दा उद्योगको रुपमा विकास भईरहेको बताउनु भएको छ । हिजोका दिनमा राजनीतिमा सेवा भाव र समर्पण हुने गरेकोमा अहिले राजनीति उद्योग बन्न थालेको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण समारोहमा बोल्दै राष्ट्रपति यादवले संविधान नै नबनाई संविधान सभाको अवसान हुनु राजीतिक दल र सरकारको असफलता भएको पनि बताउनु भयो । अब पनि दलहरुबीच सहमति नहुने हो भने दोस्रो जनआन्दोलनका उपलब्धि संस्थागत हुन नसक्ने र त्यस्तो अवस्थामा देश कुनै पनि हालतमा अघि बढ्न नसक्ने उहाँको भनाइ थियो ।यस्तै कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले देशलाई निकास दिन दलहरु मिलेरै अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिनुभयो भने मन्त्रीद्वय पोष्टबहादुर बोगटी र चन्द्रदेव जोशीले पनि सहमतिबाटै निकास संभव भएको बताउनु भयो । कार्यक्रममा राजनीति विषयमा गोविन्दराज ज्ञवालीलाई १ लाख रुपैयाँ राशीको पुरस्कार प्रदा गरिएको थियो । यस्तै ईतिहास विषयमा केदारनाथ प्रधान र साहित्य तथा संस्कृति विषयमा डा। आनन्ददेव भट्टलाई ५०–५० हजार रुपैयाँ राशीका पुरस्कार प्रदान गरिएको थियो ।