Responsive Ad Slot

latest

दलित समुदायमाथि गरिएको आक्रमणप्रति ध्यानआकर्षण

Tuesday, July 10

/ by Unknown
कपिल ज्ञवाली
बुटवल असार २६
नेपाल उत्पीडित जातिय मुक्ति समाज रुपन्देहीले धादिङमा अन्तरजातिय विवाह गरेकै कारण दलित समुदायमाथि गरिएको आक्रमणप्रति गम्भिर ध्यानआकर्षण भएको जनाएको छ । मुलुक छुवाछुत मुक्त राष्ट्र घोषणा भईसकको अवस्थामा पनि पटक पटक दलित समुदायमाथि निर्मम र आततायी पूर्ण ब्यबहार भएको भन्दै सरकारप्रति रोष समेत प्रकट गरिएको छ । समाजका जिल्ला कमिटि अध्यक्ष नन्द बहादुर खड्काथोकीले  आज  विज्ञप्ती जारी गरि सिंगो दलित बस्तीलमा आतङक फैलाएर विस्थापित गराएको भन्दै दोषीलाई हदैसम्मको कारवाहिीको माग गरिएको छ । यहि असार १९ गते बेलुका धादिङ ५ मुलखर्क गाउँका नबराज सुनार सोही गाउँकी सम्झना सुबेदीसंग प्रेम बिबाह गरेको बिषयलाई लिएर गैरदलितहरुले आक्रमण गरेका थिए । डोर भञ्ज्याँङ्ग मा.बि.का शिक्षक कृष्ण सुबेदी, रामचन्द्र सुबेदी लगायत २ सय भन्दा बढीको समुहले हातहतियार सहित आक्रमण गरेपछि करिब एक दर्जन दलित बस्ति बिस्थापित भएका छन् । मुलुकी ऐन,४७ सालको संविधान र ६३ सालमा छुावछुतमुक्त राष्ट्र घोषण हुदै कसुर ऐन समेत आईसक्दा पनि यस्ता घटना दोहरिएकाले कानुनको कार्यान्वनय नभएको जनाईएको छ । मुक्ति समाजले तत्तकाल दोषीलाई कारवाहि र घाईतेको उपचार र विवाहित जोडीलाई सहजरुपमा राहात रकम गराउन माग समेत गरेको छ । अबदेखि यस्ता घटना भए प्रतिकारमा उत्रन समेत दलित समुदायसंग समाजले अपिल गरेको छ । आक्रमणबाट नबराजकी आमा कौशिला सुनार सख्त घाईते भएकी छन् । ३ बर्ष अघि अन्तरजातिय बिबाह गरेकी ईन्दिरा सुबेदीको खुट्टा भाचिएको छ,टाउकोमा गहिरो चोट लागेको छ । आक्रमणबाट अन्य धेरै दलितहरु घाईते भएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI