काठमान्डौ असार २४ गते । राष्ट्रिय
मआधिवेश र सङ्गठन सुदृढीकरणको बारेमा छलफल गर्न नेपाली काङ्ग्रेसको भ्रातृ
सङ्गठन नेवि सङ्घको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे
सुरु हुने बैठकमा महाधिवेशन आयोजना गर्ने मिति निक्र्यौलको बारेमा छलफल
हुने अध्यक्ष रञ्जित कर्णले सीआईएनसँग बताउनुभयो । नेवि सङ्घको सङ्गठन
विस्तार, आन्तरिक व्यवस्थापनको बारेमा पनि बैठकमा छलफल हुने कर्णले जानकारी
दिनुभयो ।
हिजोको केन्द्रीय समितिको बैठकमा नेवि
सङ्घका अध्यक्ष कर्णलेनै पुनर्गठित नेपाल विद्यार्थी सङ्घको पुसको अन्तिम
साता राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गर्नु भएको थियो । प्रदीप पौडेल
नेतृत्वको अघिल्लो कार्यसमितिले महाधिवेशन गर्न नसकेपछि नेपाली काङ्ग्रेसले
कर्णको नेतृत्वमा महाधिवेशन गर्न नयाँ कार्यसमिति बनाएको हो ।