तपेन्द्र कुँवर,, कैलाली साउन १५ गते !!!!सेती अञ्चल यातायात व्यवस्था कार्यालयले गत आर्थिक वर्ष २०६८÷६९ मा सवारी साधन दर्ता र अनुमतीबाट ८ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो आर्थिक वर्ष २०६७÷६८ को तुलनामा १ करोड ४ लाख रुपैयाँले बढी हो ।आर्थिक वर्ष २०६७÷६८ मा कार्यालयले ६ करोड ६१ लाख रुपैयाँ संकलन गरेको थियो । गत आर्थिक वर्षमा ३ हजार ७ सय ४६ वटा मोटरसाईकल, २१ बस, मीनीबस २, ट्रक २४ वटा कार्यालयमा दर्ता भएका छन् । त्यसैगरी ५ सय ७९ ट्याक्टर, स्काभेटर ५, निजी जीप ६०, भाडाका जीप १४ दर्ता भएका छन् । आर्थिक वर्ष २०६७ ÷०६८ मा ३ हजार ६ सय ५७ वटा सवारी साधन कार्यालयमा दर्ता भएका थिए । जस अन्तरगत निजी जीप ६६ वटा, संस्थानको २ वटा भाडाका जीप २० वटा दर्ता भएका थिए भने नीजी ट्रक ४७ वटा, बस, ९ मिनी बस, ९, ट्याक्टर ४ सय १५ मोटरसाईकल २ हजार ६ सय ५७ र स्काभेटर १ वटा कार्यालयमा दर्ता गरिएको छ ।