काठमान्डौ असार २४ गते । बजेट ल्याउने
बारेमा दलहरुबीच छलफल हुन नसकिरहेको बेला प्रधानमन्त्री डा बाबुराम
भट्टराईले आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्क्षेसँग
भेटवार्ता गर्नु भएको छ । विजुक्क्षे निवास भक्तपुरमा आज विहान भएको भेटमा
प्रधानमन्त्री भट्टराईले आगामी आर्थिक वर्षको लागि सरकारले पूर्ण आकारको
बजेट ल्याउन लागेको जानकारी गराउँदै बजेटमा समर्थन गर्न आग्रह गर्नु भएको
थियो ।
जवाफमा अध्यक्ष विजुक्क्षेले दलहरुको
सहमतिमा बजेट ल्याउने वातावरण मिलाउनुपर्नेमा जोड दिनुभएको थियो । भेटमा
प्रधानमन्त्रीले सबै राजनीतिक दलहरुसँग बजेट ल्याउने बारेमा छलफल सुरु गर्न
लागेको बताउनु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।