रोल्पा असार ३० गते । मनिषा श्रेष्ठ, नव गठित नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द बिप्लवले पार्टी फुटेर गएपनि पार्टी एकताका लागि ढोका सधै खुल्ला राख्ने बताउनु भएको छ । तर एकताका लागि नेतृत्व सच्चिएर आउनु पर्ने, क्रान्ति र जनतालाई धोका नदिने गरी बाचा गर्नु पर्ने चन्दको भनाइ छ । प्रचण्ड र बाबुराम दक्षिण पन्थि संसोधनवादमा बिचलन भएपछि आफूहरु नयाँ पार्टी खोल्न बाध्य भएको चन्दको तर्क छ । पार्टी बिभाजनपछि पहिलो पटक रोल्पाको कार्यकर्ता प्रशिक्षणका क्रममा रोल्पा पुग्नु भएका सचिव बिप्लवले पत्रकार सम्मेलनमा प्रचण्ड बाबुरामले नेपाली क्रान्ति र नेपाली जनतालाई गम्भिर धोका दिएको दोहो¥याउनु भएकोे हो । विगतका मुल्य मान्यताहंरुलाई बिर्सेर संसदिय भासमा पार्टी निस्कनै नसक्ने गरी फसेकाले हुदा क्रान्तिको सही अवतरणको लागि आफूहरुले क्रान्तिकारी पार्टी निर्माण गरेको चन्दको दावी थियो ।