Responsive Ad Slot

latest

दार्चुला तिंकर सडकमा काम गर्ने युवकको उपचारको क्रममा मृत्यु ।।

Saturday, July 21

/ by Unknown
नरेन्द्र कार्की,    साउन ६ गते । दार्चुला  दार्चुला तिंकर सडक खण्ड अन्तरगत धौलाकोट गाविसको दारपा सडकमा काम गर्ने धौलाकोट ९ चन्दाकोटका १९ वर्षीय रघुनाथ भट्टको मृत्यु भएको छ । बिहीबार सडक खन्ने क्रममा लडेर घाइते हुनुभएका भट्टको उपचारको क्रममा हिजो भारतको पिथौरागढमा मृत्युभएको हो । विहिबार साँढे आठ बजे लडेर घाइते भएका भट्टको धारचुला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि भारतकै पिथौरागढ रिफर गरिएको स्थानीय कैलाशदत्त भट्टले बताउनुभयो । भीरबाट खसेर गम्भीर घाइते भएका भट्टको टाउँकोमा चोट लाग्नुको साथै खुट्टा भाचिएको थियो । मृतक धामीको शवलाई शुक्रबार साढे ८ बजे राति नेपाल ल्याइएको छ । शवलाई पोष्टमार्टुमको लागि राती जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । हिमालय उच्च माध्यमिक विद्यालय हुतीबाट कक्षा १२ को परीक्षा दिएका युवक ४÷५ महिनादेखि सडक बनाउने काम गर्दै आएका थिए ।

 
Don't Miss
© all rights reserved
made with by netKUTI