Responsive Ad Slot

latest

जाजरकोट सदरमुकाममा तरकारीको अभाव, गाउँघरमा खेर जाँदै ।।

Sunday, July 15

/ by Unknown
रामकुमार शाही, जाजरकोट असार ३१ गते । जाजरकोट सदरमुकाममा तरकारीको अभाव भएको लामो समय भयो तर सदरकुमसँगै जोडिएको जगतिपुर–५ तिमीलेचौरका किसानहरुको तरकारी भने बजारको अभावमा खेर गईरहेको छ । स्थानियबासिन्दा मोतीराम विसीको बारीभरी तरकारी लटरम्म फलेको छ तर बजारको अभावले तरकारी भने विक्री भएको छैन ।  आवश्यक सिचाईको सुविधा र आफ्नै घरमा उत्पादन भएको प्रांगारिक मल प्रयोग गरी उत्पादन गरिएको भेण्टा, काउली, बन्दा, टमाटर, खुर्सानीलगायतका तरकारीले उचित बजार नपाएपछि कुहिएर खेर जाने अवस्थामा पुग्दा किसानहरु चिन्तामा परेका हुन । उत्पादन गरिएको तरकारी छिमेकी गाविस भुरको फेरा बजार लगेर विक्री वितरण गरिरहेको भएपनि सदरमुकाममा भने लैजान नसकेको किसान मोतीराम बिसीले जानकारी दिनुभयो । फेरा बजारमा खपत नभएको तरकारी गाउँघरतीर लगेर अन्नसित साट्ने गरेको किसानहरु बताउछन् ।  गाउँलेहरुले सिर्जनशिल सामुदायिक संस्थामार्फत सामुहिक तरकारी खेती पनि गरिरहेका छन् । एक सिजनमा संस्थाले मात्र उत्पादन गरेको करिब रु ६० हजार बढिको तरकारी खेर जाने गरेको छ  । ग्रामिणस्तरमा यातायातको सुविधा पु¥याउन सक्ने हो भने वर्षेनी खेर जाने तरकारीलाई सदुपयोग गर्न सकिने नागरिक अगुवाहरुको भनाई छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI