काठमाडौं साउन ३ गते । हिजोदेखि राजधानीमा सुरु भएको सार्क महिला सञ्जाललको सम्मेलन आज घोषणापत्र जारी गर्र्दै सकिने भएको छ । दक्षिण एसियाली महिला र दिगो विकास बारेमा सम्मेलनमा छलफलफ भइरहेको छ । दक्षिण एसियाली महिला उद्यमी परिषद्को सहभागितामा भएको सम्मेलनमा नौ देशका ६५ महिला प्रतिनिधि सहभागी छन् । महिलाको शिक्षा, स्वास्थ्य र विकासका सवालमा दक्षिण एसियाका महिलाका समस्या साझा भएकाले समाधानमा सबै राष्ट्र एकजुट हुनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।